Sajhamanch Archive

अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आज नेपाल आइपुग्दै

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आज नेपाल आइपुग्दै.

काठमाण्डौ । अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आज नेपाल आउँदैछ । दिउँसो सवा १ बजे अमेरिकाले पठाएको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआइडीमार्फत सर्जिकल मास्क, फेस सिल्ड र मेडिकल पञ्जासहितका सामग्री स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो । अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइँका लागि यो आपतकालीन सहयोग भएको […]

संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा जीवनरक्षक सहायता जुटाउन आह्वान

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा जीवनरक्षक सहायता जुटाउन आह्वान.

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा संकटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ । कोभिड–१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आज नेपाल कोभिड–१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा संकटासन्न […]

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

Published: in अर्थतन्त्र by . Leave a Comment on भन्सार एजेन्टको लिखित परीक्षा स्थगित.

काठमाडौं । कोभिड १९को उच्च जोखिमका कारण भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित गरिएको छ । भन्सार विभागले शुक्रबार एक सूचना जारी गर्दै यही जेठ २२ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको जनाएको हो । कोरोना संक्रमणले निम्तिएको असामान्य परिस्थितिका कारण परीक्षा स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ । लिखित परीक्षासम्बन्धी अर्को मिति परीक्षा हुनुभन्दा […]

आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै

Published: in अर्थतन्त्र by . Leave a Comment on आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै.

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदैछन् । केही यात्रुवाहक, केही कार्गो र दुई वटा एअर एम्बुलेन्सको उडान तथा अवतरणको तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । हिमालय एअरलाइन्सका दुई वटा जहाज चीनको कुम्निङबाट बिहानै आइपुगेका छन् भने राति दुई वटै जहाज फेरि कुम्निङ जाँदैछन् । यस्तै चीनको सिचुआन […]

कमलका युवा कृषिक्रन्ति तर्फ, उत्पादनले बजार पाएन

Published: in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on कमलका युवा कृषिक्रन्ति तर्फ, उत्पादनले बजार पाएन.

कमल । झापाको कमल गाउँपालिका साविकका तोपगाछी र लखनपुर गाउँ विकास समिति मिलेर बनेको हो । कूल ९७ दशमलव ४४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको सो गाउँ पालिकामा ७ वडा रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँ पालिकाको जनसंख्या ४४ हजार ३६५ रहेको छ । जसमध्ये पुरूष २० हजार २ सय ९६ र महिला […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. कडेल नियुक्त

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. कडेल नियुक्त.

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठनआदेश बमोजिम नियुक्त गरेको थियो । पुनः नियुक्ति पश्चात आज बिहीबार सिंहदरबारमा प्रधानमन्त्री एव राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओली समक्ष सपथ ग्रहण […]

निषेधाज्ञामा कर तिर्न ताकेता नगर्न सर्वोच्चको आदेश

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on निषेधाज्ञामा कर तिर्न ताकेता नगर्न सर्वोच्चको आदेश.

काठमाण्डौ । निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाभरि कर असुलको […]

आगामी आर्थिक वर्षको लागि बजेट मस्यौदा तयार

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आगामी आर्थिक वर्षको लागि बजेट मस्यौदा तयार.

काठमाडौं । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा तयार गरेको छ । कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या र निषेधाज्ञाले गर्दा अर्थतन्त्रमा परेको प्रभावबीच कस्तो बजेट आउला भन्नेमा सबैको चासो छ । संसद्को सबैभन्दा ठूलो दलको […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्से परिसूचक दोहोरो अंकले घट्यो.

काठमाडौं । सेयर कारोबार दिन बुधबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो । आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो । लगातार बढेर कुनै एक दिन […]

निषेधाज्ञाको समयमा बैंकले जरिवाना लिन नपाउने

Published: in अर्थतन्त्र by . Leave a Comment on निषेधाज्ञाको समयमा बैंकले जरिवाना लिन नपाउने.

काठमाडौं । निषेधाज्ञाको अवधिभर नेपाल राष्ट्र बैंकले ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । यसैगरी कोभिड १९ संक्रमण न्यूनीकरणका लागि जारी […]