बिर्तामोड । झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा आज साँझ इन्धन भर्ने सवारी साधनहरुमा पानी मिसावट भएको इन्धन विक्री गरेको पाइएको छ । मे १० प ८९२१ नम्बरको मोटरसाइकल चालकले इन्धन भरेर ५०० मिटर नकुद्धै इञ्जिन बन्द भएपछि ट्याङ्गी खोलेर हेदा पानीमात्र भएको बताए । उनको मोटरसाइकल पम्पमा नै […]
काठमाडौं । महँगा निजी प्रयोजनका विद्युतीय गाडीमा कर घटाएको सरकारले सार्वजनिक विद्युतीय सार्वजनिक सवारीमा भने कर बढाएको छ । अब ११ देखि १४ सिटसम्मका विद्युतीय बसमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरी व्यवस्था गरेको छ । सरकारको यो नीतिले आधारभूत तहका निजी सवारी र सार्वजनिक सवारीको भन्सार महसुल बराबरी भएको छ । सरकारले सोमबार ल्याएको […]
काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको हिउँदमा मासिक ३० र बर्खायाममा ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा तत्कालै कार्यान्वयन नहुने देखिएको छ । नीति तथा कार्यक्रमको घोषणाअनुसार बजेटले यो घोषणालाई सम्बोधन गरेन । नीति तथा कार्यक्रमको घोषणाअनुरुप ठूलो मात्रामा विद्युत प्राधिकरणलाई शोधभर्ना गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले घोषणा कार्यान्वयनबाट पछि हटेको हो । […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । उनको स्रोत […]
काठमाडौं । आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३६ अर्बले घटेको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट पाएको थियो । यो कुल बजेटको १०।१५ प्रतिशत थियो । तर, आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब […]
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७।९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु […]
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को लागि बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण सुरु गरेका हुन्। मन्त्री महतले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। यस वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब को बजेट सिलिङ दिएको छ। गत आर्थिक वर्ष २०७९/८० मा १७ […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा […]
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ। अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुनसम्मको अवधिसम्म ५ प्रतिशत मात्रै विद्युत्को पहुँचबाहिर रहेका छन्। गत आर्थिक वर्षको अन्त्यसम्म भने ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा […]
मेचीनगर । नेपालको सहकारी अभियानमा अग्रणी स्थान बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा निर्विरोध नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि २ घण्टाका लागि थप गरेर भए पनि आकांक्षीहरुबीच सहमति गराएर दुईवटा पदमा निर्विरोध गराइएको हो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी […]