Sajhamanch Archive

लक्ष्य भन्दा २ करोड धेरै नाफा कमाउदैँ विर्तामोडको कर्णाली साकोस

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on लक्ष्य भन्दा २ करोड धेरै नाफा कमाउदैँ विर्तामोडको कर्णाली साकोस.

विर्तामोडबाट सन्चालित कर्णाली सहकारीले लक्ष्य भन्दा २ करोड रुपैया धेरै नाफा   कमाउने भएको छ । गत वर्ष कोभिडको महामारीको विपदलाई लक्ष्य गरि ८ करोड नाफाको योजना बनाएको कर्णाली साकोसले यो आर्थिक वर्षमा  १० करोड नाफा कमाउन यात्रा तय गरेको हो । आइतवार विर्तामोडस्थित केन्द्रिय कार्यलय परिसरमा पत्रकार सम्मेलन गर्दै सहकारीले १० करोड नाफा कमाउने […]

नेप्से परिसूचक २६ सय तल झर्‍यो

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्से परिसूचक २६ सय तल झर्‍यो.

काठमाडौं । नेप्से परिसूचक २६ सयले तल झरेको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव […]

आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह.

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तह समक्ष आग्रह गरेको छन् । आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न भन्दै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजना […]

नेप्से पाँचौँ दिनमा आएर दोहोरो अंकले सुधारियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on नेप्से पाँचौँ दिनमा आएर दोहोरो अंकले सुधारियो.

काठमाडौं । कारोबारको पाँचौँ दिनमा सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले सकारात्मक बनेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १५.८० अंकले बढेर २६४८.०१ विन्दुमा पुग्यो । यसदिन होटेल र पर्यटन तथा म्युचुअल फन्डबाहेक अरु कारोबार भएका सबै समूह बढेसँगै नेप्से दोहोरो अंकले सुधारिएको हो । जीवन र निर्जीवन बिमा समूहमा ११४/११४ अंकको वृद्धि […]

नेपालमा ५३ देशको झण्डै २ खर्ब रुपैयाँ वैदेशिक लगानी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालमा ५३ देशको झण्डै २ खर्ब रुपैयाँ वैदेशिक लगानी.

काठमाडौ । नेपालमा अहिलेसम्म एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ । नेपालमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका एक सय ५३ वटा कम्पनीको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्र […]

उच्च विन्दुबाट १०० अंकले झर्‍यो नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on उच्च विन्दुबाट १०० अंकले झर्‍यो नेप्से.

 काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार र सोमबार दुई दिनमा नै साढे ७३ अंकभन्दा माथिले घटेको नेप्सेमा मंगलबार भने साढे २ अंकको सामान्य सुधार भयो । तर, मंगलबार सुधारको आशा देखिएको सेयर बजार घट्ने क्रमले आज बुधबार पुनः निरन्तरता पाएको छ । बुधबार बजार परिसूचक नेप्से […]

नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा सहकार्य गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा सहकार्य गरिने.

काठमाडौं । नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य हुने भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सिइओ डा.धनन्जय रेग्मी र नेपालका लागि थाइल्याण्डका राजदूत भोषिता भोरस्फबीच मंगलवार भएको भेटवार्तामा दुवै देशले एक अर्को देशको पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने बताएका हुन् । थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देश मध्ये पर्दछ । […]

वैशाख १७ गतेदेखि सीईडीबी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on वैशाख १७ गतेदेखि सीईडीबी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने.

काठमाडौं । सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १८ लाख २१३ जार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीले जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको […]

मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति.

काठमाडौं । नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन […]

गैरआवासीय नेपालीले आईपीओ हाल्न पाउने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on गैरआवासीय नेपालीले आईपीओ हाल्न पाउने.

काठमाडौं । सरकारको ५० करोड रुपैयाँ लगानी रहने एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । अर्थ मन्त्रालयले सोमबार यस्तो जानकारी गराएको हो । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को पहलमा स्थापना भएको यो फण्डको पुँजी १० अर्ब रुपैयाँ रहने छ । त्यसमध्ये ९ अर्ब ५० करोड रुपैयाँ लगानी भने गैरआवासीय नेपालीले गर्नेछन् । २०७५ सालमा सम्पन्न […]