Sajhamanch Archive

इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि.

काठमाडौं । वायुसेवा सञ्चालकले हवाई भाडा बढाउने निर्णय गरेका छन् । नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । सोही अनुसार सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । बढेको भाडालाई नेपाल नागरिक उड्डयन […]

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो.

काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ८ अर्ब ८० करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको मात्रै कारोबार भएको […]

आजदेखि दैनिक १७ करोड लिटर मेलम्चीको पानी वितरण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आजदेखि दैनिक १७ करोड लिटर मेलम्चीको पानी वितरण.

काठमाडौं । आजदेखि दैनिक १७ करोड लिटरका दरले मेलम्चीको खानेपानी वितरण थालिएको छ । गएको चैत १५ गतेदेखि काठमाण्डौ उपत्यकाका उपभोक्ताको धारामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । प्रणालीले नधान्ने डरले दैनिक चार करोड लिटरबाट सुरु गरिएको पानी आज १७ करोड लिटरमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए । १७ करोड लिटर […]

बिर्तामोडमा लुम्बिनी विकास बैंकको शाखा उद्घाटन

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा लुम्बिनी विकास बैंकको शाखा उद्घाटन.

बिर्तामोड । लुम्बिनी विकास बैंक लि ले बिर्तामोडमा आज शाखा उद्घाटन गरेको छ । बैकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा बिर्तामोड उद्योग वाण्ज्यि संघका अध्यक्ष प्रकाश सिवाकोटीको प्रमुख आतिथ्यमा बिर्तामोडको भद्रपुर रोडमा बैकले आज शाखा समुद्घाटन गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले बैंकले सिङ्गल डिजिटको अवधारणालाई अवलम्बन गर्दै त्यसतर्फ काम गर्न आग्रह […]

उच्च बिन्दुबाट फर्कियो नेप्से : करिब ९ अर्बको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on उच्च बिन्दुबाट फर्कियो नेप्से : करिब ९ अर्बको कारोबार.

काठमाडौं । साताको पहिलो कारोबार सेयर बजार परिसूचक नेप्से उच्च बिन्दुबाट ओरालो लागेको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ अंकमा बन्द भएको छ । गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से आइतबार १.३७ प्रतिशतले ओरालो लाग्दा २७०० अंकको बिन्दुबाट झरेको हो । आइतबार प्रि ओपनिङ सेसनमा दोहोरो अंकले वृद्धि भएर २७५९.९ अंकमा […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य.

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको हो । हिजो मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा […]

आगामी वर्ष १२ वटा स्मार्ट सहर बनाइने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on आगामी वर्ष १२ वटा स्मार्ट सहर बनाइने.

काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ११ वटा नयाँ परियोजना प्रस्ताव गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको नयाँ कार्यक्रममा स्मार्ट सिटी, एक सहर एक पहिचान, कोरीडोर विकास, मेघासिटी, दमक सिटी पार्क, गरुडा चक्रपथ र पालुङ्गटार चक्रपथ, बबरमहल प्रशासनिक प्लाजा रहेका छन् । यस्तै चण्डीदल गण र ब्याण्डदल गुल्मका लागि भवन, ५ वटा […]

११ अर्ब ६० करोड बजेट, नौ महिनामा २९ करोड मात्रै खर्च

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on ११ अर्ब ६० करोड बजेट, नौ महिनामा २९ करोड मात्रै खर्च.

काठमाडौं । सरकारले रोजगारी सिर्जना गर्ने प्रमुख कार्यक्रम भन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम चालु आर्थिक वर्ष २०७७/७८ मा पनि कार्यान्वयनको अवस्था फितलो देखिएको छ । कार्यक्रम अन्तर्गतका आयोजना स्थानीय सरकारले समयमै नगरेका कारण ११ अर्ब ६० करोड बजेटमा २९ करोड ३४ लाख मात्रै खर्च हुनसकेको छ । चालु आर्थिक वर्षको ९ महिना साउन–चैत बित्दा पनि […]

३७ हजार ९१६ जनालाई रुरु जलविद्युतको आईपीओ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ३७ हजार ९१६ जनालाई रुरु जलविद्युतको आईपीओ.

काठमाडौं । रुरु जलविद्युत आयोजनाको साधारण सेयर आईपीओ ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन् । आईपीओ पर्नेहरुले १०/१० कित्ता सेयर पाएका छन् । १०/१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एकरएक कित्ताका दरले वितरण गरिएको छ । रुरुको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेको थियो । कम्पनीले […]

३७ वर्षअघि चोरी भएर अमेरिका पुगेको दुर्लभ मूर्ति नेपाल फर्काइयो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ३७ वर्षअघि चोरी भएर अमेरिका पुगेको दुर्लभ मूर्ति नेपाल फर्काइयो.

काठमाण्डौ । नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ । अमेरिकाको टेक्सास राज्यको डालस पुगेको बहुमूल्य लक्ष्मी नारायणको मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो । पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण वासुदेव कमलाजा मूर्ति बिहीवार सार्वजनिक गरिएको हो। लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा […]