काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका ग्राहक तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् । छलफलमा राष्ट्र बैंकको तर्फबाट निर्देशन किरण पण्डित तथा नेपाल बैंकर्स संघको तर्फबाट अध्यक्ष सुनिल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए । गभर्नर अधिकारीले सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा यसलाई डिजिटल प्रणालीबाट छिटो समाधान गर्न […]
काठमाडौं । सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कार्यदल गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल हेर्ने सदस्यको संयोजकत्वमा सहकारी मन्त्रालयका सचिव सदस्य […]
काठमाडौँ। काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले असरल्ला अवस्थामा रहेका तार वैशाख २७ गतेसम्म नहटाएको खण्डमा आफैं हटाइदिने चेतावनी दिएसँगै इन्टरनेट सेवाप्रदायक कम्पनीले सोमबारदेखि तार व्यवस्थापनको काम सुरु गरेका हुन्। उपत्यकाको सडक किनारामा जथाभावि टाँगिएका तार व्यवस्थापनको विषयबारे […]
भद्रपुर । झापाबाट नेपाल–भारत सिमावर्ती क्षेत्रमा अवैध तस्करीमा सीमा सुरक्षा बलकै नेतृत्व संलग्न रहेको पाइएको छ । पछिल्लो पटक वैशाख २३ गते दक्षिणी झापाको कचनकवलस्थित केचनाको लोदाबारी नाकामा अवैधरूपमा फेला परेको ११५ कार्टुन स्याउ काण्डमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को संलग्नता पाइएको हो । वैशाख २३ गते केचनाबाट तस्करी गरेर […]
विरानगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको दौडधुपमा छन् । बजेटअघि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका कार्की मन्त्रालयहरु पुगिरहेका छन् । उनको तयारी असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने छ । सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालय पुगेका […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चालू आर्थिक वर्षको बितेको ९ महिनाको वित्तीय कारोबारको समीक्षा गरेको छ । संस्थाका ६ वटा क्षेत्रीय समन्वय समितिस्तरमा बैशाख १६ गतेदेखि २४ गतेसम्म विभिन्न मितिमा बेग्ला बैग्लै समीक्षा बैठक सम्पन्न गरिएको हो । संस्था अन्तरगतको बचत तथा ऋण ब्यवसाय उपसमितिले आइतबार बिर्तामोडमा वार्षिक बजेट समीक्षा एवम् […]
काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ । यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य […]
काठमाडौँ। आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो। नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा […]
काठमाडौँ। एकै वर्षमा क्विक रेष्पोन्समा आधारित भुक्तानी (क्युआर कोर्ड) तीन गुणाले वृद्धि भएको छ। नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७८ को फागुन मसान्त (सन् २०२२ को मिड मार्च) सम्मको अवधिमा क्युआर कोडमार्फत २३ लाख ७ हजार ९ सय ४ कारोबार संख्या भएको थियो। पछिल्लो एक वर्षको अवधिमा भने क्युआर कोडमार्फत हुने कारोबार झण्डै तीन गुणा […]
झापा । ‘एउटा बिराउने शाखा पिराउने’ उक्ति जस्तै एउटा कुनै प्रारम्भिक सहकारी संस्थाबाट भएको गल्ती कमजोरीले सिङ्गो सहकारी अभियानलाई नै बदनाम गराउन हुँदैन भन्ने ‘थीम’मा केन्द्रित हुँदै तोकिएका सूचाङ्कहरु ठिक भएका झापाका सहकारी संस्थाहरु एकतृत हुन थालेका छन् । सहकारी विरुद्धको षड्यन्त्र र खेलबाडलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका प्रारम्भिक सहकारी संस्थाहरु एकत्रित […]