झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको अन्तरसंवादमा सहभागी व्यवसायी प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत, […]
भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको नाला निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहँदासमेत नियामक हुलाकी सडक परियोजनाका प्राविधिक निर्माणस्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको […]
बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरुको भनाई छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै चिया क्षेत्रलाई पनि रसायनिक मल आवश्यक हुने भएकाले सरकारले चिया क्षेत्रलाई फरक दृष्टिले हेर्न नहुने सुझाएका हुन् । शनिबार बिर्तामोडमा […]
झापा । आफ्नो स्वीकृत कार्यक्षेत्रमा एक घर एक सदस्यको अभियान लिएर अघि बढिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा ५६ हजार ७४९ जना शेयर सदस्य पुर्याएको छ । जसबाट संस्थाको चुक्ता शेयर पुँजी ३१ करोड ४५ लाख एक हजार ७०० रुपैयाँ जम्मा भएको आज जारी संस्थागत वित्तीय […]
झापा । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाले जिल्लामा सञ्चालित तीनवटा उद्योग र एउटा विद्यालयको चमेनागृह विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृह विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् । मुद्धा […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । केएमसी […]
झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर प्रहरी मुकदर्शक बन्दा नेपाली भूभागमा प्रतिबन्धित भारतीय चिट्ठा सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको हो । भारतको पश्चिम बंगाल, […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष निर्देशनात्मक मन्तव्य राखेका थिए । शिक्षा तथा तालिम उपसमितिको आयोजनामा संस्था अन्तर्गतका विभिन्न […]
झापा । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार झापाको बिर्तामोडमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । ‘रोजगारी र समृद्धिको आधार, महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ नारा दिएर पुस ४ गतेदेखि कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको हो । कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाहरुलाई जीवन बीमा क्षेत्रमा प्रवेश गराई आर्थिक आयआर्जन वृद्धिसँगै सशक्तीकरण […]
झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री सिटौलाले कृषिमा परनिर्भरता त्याग्दै अब आत्मनिर्भर बन्नेतर्फ सबै लाग्नुपर्ने अवस्था आएको बताए । […]