Sajhamanch Archive

बिर्तामोड नगरपालिकाले आधा भूगोलको वर्गीकरण सक्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाले आधा भूगोलको वर्गीकरण सक्यो.

झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको टुंगो लगाएको छ । नगरप्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो । नगरपालिकाले भू उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग […]

मेची उद्योग वाणिज्य संघलाई सबैको साझा बनाउँ : चार दल

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on मेची उद्योग वाणिज्य संघलाई सबैको साझा बनाउँ : चार दल.

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मतदान नगरी सबै राजनीतिक दलको प्रतिनिधित्व रहने गरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा चार राजनीतिक दलको मतैक्यता रहेको छ । नेकपा एमालेको नेतृत्वमा पटक पटक भएको छलफल पछि संयुक्त विज्ञप्ती प्रकाशन गरी चार राजनीतिक दलहरुले आर्थिक मन्दीको चपेटामा रहेका व्यवसायीहरुको सुरक्षाका लागि बोलिदिने निकाय वाणिज्य संघ सबैको साझा […]

बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम.

बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम दिइएको सहकारी शाखाका अधिकृत डिल्ली दाहालले जनाएका छन् । बिर्तामोडमा प्रदेश […]

राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म.

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्राभैंसी पालन केन्द्र रहेको छ । संकटपूर्ण अवस्थामा […]

प्रेम आचार्यका परिवारले ५० लाखको बीमा दाबी पाउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रेम आचार्यका परिवारले ५० लाखको बीमा दाबी पाउने.

झापा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रेम आचार्यको परिवारलाई ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी प्रदान गर्ने भएको छ । नयाँ वानेश्वरको संसद भवन अगाडि गत मंगलबार आत्मदाह गरेका आचार्यले २०७७ सालमा सन नेपालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए । आचार्यले आफ्नो सुसाइड नोटमा ‘बिर्तामोड झापा शाखाका मानिसहरुले […]

नदीजन्य वस्तु अवैध उत्खनन गर्ने सवारी साधान कार्वाहीमा, लाखौं राजस्व संकलन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नदीजन्य वस्तु अवैध उत्खनन गर्ने सवारी साधान कार्वाहीमा, लाखौं राजस्व संकलन.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्रहुने अवैध नदी दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउनयता मेची, निन्दा र हडिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही भइरहेको हो । नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा […]

क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने सरकारको निर्णय

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने सरकारको निर्णय.

काठमाडौँ । कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबारको बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय गरेको छ । बैठकले क्रसर उद्योग संचालनमा नआए विकास निर्माणमा प्रभाव पर्ने भन्दै अवैधलाई बन्द गर्ने तर दर्ता भएर पनि कर नतिरेका छन् […]

कमल गाउँपालिकामा महिला लक्षित ढाका बुनाई तालिम सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा महिला लक्षित ढाका बुनाई तालिम सुरु.

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा दुई महिने निःशुल्क ढाका बुनाई तालिमको उद्घाटन भएको छ । कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी र वडा नम्बर ६ स्थित लखनपुरमा सञ्चालित तालिमको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले उद्घाटन गरिदिएकी छन् । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष न्यौपानेले महिलाहरु आत्मनिर्भर नभएका […]

भ्रष्टाचारको आरोपमा विमानस्थल कर्मचारी चुडाल पक्राउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भ्रष्टाचारको आरोपमा विमानस्थल कर्मचारी चुडाल पक्राउ.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतको भनाई छ । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । झापाको भद्रपुर विमानस्थलमा कार्यरत रहँदा चुडाललाई झापाका जेसीजहरुको अगुवाईमा ५० भन्दा बढी सामाजिक–व्यवसायिक संस्थाहरुले उत्कृष्ट नागरिकको […]

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै

Published: in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै.

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ सम्म भएको नेपाल टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा खेलाडीहरु धमाधम पक्राउ परिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित थप एक जनालाई पक्राउ […]