Sajhamanch Archive

आराकाले करदाता र कर्मचारीलाई गर्यो सम्मान

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आराकाले करदाता र कर्मचारीलाई गर्यो सम्मान.

दमक । आन्तरिक राजश्व कार्यालय दमकले उत्कृष्ट करदता तथा आफ्ना कर्मचारीलाई सम्मान गर्दै ११औं राष्ट्रिय कर दिवस आज सम्पन्न गरेको छ । २०८६ सालदेखि हरेक वर्ष मंसीर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन थालिएको हो । देशभरका राजस्व कार्यालयहरुले यो वर्ष पनि विभिन्न कार्यक्रम गरी कर सप्ताह सम्पन्न गरेका हुन् । […]

बीएन्डसीले सुरु गर्यो आफ्नै स्वास्थ्य बीमा कार्यक्रम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीएन्डसीले सुरु गर्यो आफ्नै स्वास्थ्य बीमा कार्यक्रम.

विर्तामोड । बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ । बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आफ्नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको घोषणा गर्दै चार जनासम्मको परिवारले ६ हजार रुपैयाँ प्रिमियम भुक्तानी […]

मल आयात ठेक्का स्वीस सिंगापुरलाई

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मल आयात ठेक्का स्वीस सिंगापुरलाई.

काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ । कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता पछि […]

मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा.

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले जानकारी दिएका हुन् । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती […]

कर दिवसमा विभिन्न छुट योजना

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कर दिवसमा विभिन्न छुट योजना.

दमक । ११औं राष्ट्रिय कर दिवस आजदेखि देशभर विभिन्न कार्यक्रम गरी सप्ताहव्यापीरुपमा मनाउन सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय दमकले पनि प्रभातफेरी गरी राष्ट्रिय कर दिवस मनाउन सुरु गरेको हो । “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित यो वर्ष कर दिवस मनाइँदैछ । कर दिवसका अवसरमा हरेक वर्ष […]

सालबारी झिलको विकास कसरी कसले गर्यो ?

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सालबारी झिलको विकास कसरी कसले गर्यो ?.

झापा । एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसै अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको सालबारी झिल । सुखानी शहीद स्मृति उद्यान (सालबारी झिल)मा साँझपख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि […]

सहकारीको अर्ब क्लवमा पुग्ने धौलागिरी पारिजातको लक्ष्य

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on सहकारीको अर्ब क्लवमा पुग्ने धौलागिरी पारिजातको लक्ष्य.

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँको कारोबार पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ । कात्तिक २५ गते शुक्रबार बिर्तामोडमा सम्पन्न १५औँ वार्षिक साधारण सभाको अवसरमा यस्तो लक्ष्य सुनाइएको हो । बजारमा देखिएको आर्थिक संकटका बीच पनि गत आर्थिक वर्षमा धौलागिरीले ४७ प्रतिशतभन्दा बढीले आफ्नो वित्तीय कारोबार बढाएको प्रतिवेदनमा उल्लेख […]

बिर्तामोडमा प्रतिबन्धित माछा बरामद गरी खाल्डोमा पुरियो

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा प्रतिबन्धित माछा बरामद गरी खाल्डोमा पुरियो.

बिर्तामोड । यहाँस्थित कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ । वडा नम्बर ५ मा रहेको कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १०० किलो माछा शनिबार साँझ बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको […]

गरीबको भावना बुझेर नीति बनाउने एमाले हो : चिया मजदूर

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गरीबको भावना बुझेर नीति बनाउने एमाले हो : चिया मजदूर.

मेचीनगर । गाउँ, शहर सबैतिर निर्वाचनको सरगर्मी बढेको छ । सडक र गल्लीहरुमा राजनीतिक दलका उम्मेदवारहरुको गाडी झण्डा हल्लाउँदै कुदिरहेका छन् । तर मेचीनगर नगरपालिका– ५ की देवीमाया कार्कीलाई यी कुनै कुराको सरोकार छैन । छ त केवल बगानमा दिनभर पत्ती टिप्ने, घर फर्कने र आराम गर्ने । विगत २७ बर्षदेखि नकलबन्दा टी–स्टेटमा काम गर्दै […]

बैंकको ब्याज वृद्धि विरुद्ध व्यवसायीहरु बोल्न थाले

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज by . Leave a Comment on बैंकको ब्याज वृद्धि विरुद्ध व्यवसायीहरु बोल्न थाले.

बिर्तामोड । बैंकहरुको व्याजवृद्धिले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताएका छन् । बिर्तामोडमा उधोगी व्यवसायीहरुले आयोजना गरेको एक कार्यक्रममा व्यवसायीले बैंकहरुका कारण आफूहरु पलायन हुने अवस्था आएको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको घोषित आन्दोलन बारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकहरुको व्याजले निजी क्षेत्र जोखिममा परेको बताए । कोरोना महामारीले थलिएको नीजि […]