मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अग्निप्रसाद खरेलले नेकपा एमालेले किसान र मजदूरलाई बिर्सेर अघि नबढ्ने बताएका छन् । नकलबन्दा टी–स्टेटका मजदूरहरुका समस्या बुझ्दै वर्गीय असमानताको पक्ष विरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको खरेलको भनाई छ । “जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक […]
हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघ–संस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो । साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोरोना बीमा वापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा पुनः ज्ञापन पत्र बुझाएको छ । गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना बीमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना विमितको रकम तत्काल उपलब्ध गराउनु भनी फैसला गरे पनि कम्पनीले फैसला कार्यान्वयन गरेको छैन । सोही कारण […]
मेचीनगर । झापाको मेचीनगर–९ खुट्टीडाँगीस्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले दिएको जानकारी अनुसार मध्यरातमा भएको सो आगलागीबाट कारखाना भवन, दुईवटा कन्टेनरमा राखिएको तयारी दुना टपरी, मेसिनरी औजार लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र […]
बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सतासी डिपार्टमेन्ट स्टोरले ग्राहक आकर्षण गर्न दशैं तिहारमा वितरण गरेको कुपनको आज लक्की ड्र गरी विजेता छानिएको छ । नेपालीहरुको भर्खरै सकिएको महत्वपूर्ण चाडपर्वहरु दशैं, तिहार, छैठ तथा नेपाल सम्वतको अवसरमा सो डिपार्टमेन्टमा दुई हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई एउटाका दरले कुपन वितरण गरेको थियो । उक्त […]
बिर्तामोड । झापामा महिलाहरुले मात्र सञ्चालन गरेको दोस्रो ठूलो सहकारी संस्था आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । हालसम्म बजार प्रतिनिधि (कलेक्टर) नराखीकन निक्षेप संकलन गर्दै आएको तथा वित्तीय कारोबारका लागि बाह्य कर्जा नलिएको संस्थाको पहिचान आत्मनिर्भरले स्थापित गरेको छ । बिर्तामोडका २५ जना महिलाहरुको अग्रसरतामा ५० हजार शेयर पुँजी […]
बिर्तामोड । ज्येष्ठ राजनीतिज्ञ डिल्ली सिटौलालाई बिराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापित स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ । संस्थाको १७औं वार्षिक साधारणसभा समारोहमा ११ हजार १११ रुपैयाँ राशिको उक्त पुरस्कार रकमसहित सिटौलालाई कदरपत्र प्रदान गरिएको हो । साधारणसभा समारोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष मोहन शिवाकोटी, सल्लाहकार संयोजक […]
बिर्तामोड । यहाँस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था (बिएमसी)ले कोरोना संक्रमणको महामारी तथा वित्तीय बजारमा तरलता अभावजस्तो विषम परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई १० प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । कात्तिक ४ गतेका लागि निर्धारित संस्थाको १७औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बिएमसीले उक्त जानकारी दिएको हो । झापा […]
बिर्तामोड । झापाका माछापालक किसानहरुले प्रदेश १ का उपभोक्ताहरु माछामा आत्मनिर्भर रहेको दावी गर्दै भारतबाट फर्मालिन हालेको गुणस्तरहीन माछा आयात रोक्नुपर्नेमा फेरि पनि आव्हान गरेका छन् । कात्तिक १ गतेदेखि झापाका स्थानीय सरकारले नै मरेको माछा बिक्रीमा प्रतिबन्ध गरिसकेको अवस्थामा माछा ब्यापारीहरुले फर्मबाट जिउँदो माछा खरिद नगरी अभाव देखाउन थालेको सन्दर्भमा आज उक्त आव्हान गरिएको […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सातवटा एकाइमा गरिएको माइन्युट प्रमाणीकरण गर्दै असोज २९ गते सम्पन्न भएको छ । झापामा २७, इलाममा १० र मोरङमा १० वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले बिर्तामोडमा प्रतिनिधिमुलक साधारण सभा गरी माइन्यूट प्रमाणीकरण गरेको हो । साधारण सभामा १४० जना चुनिएका […]