Sajhamanch Archive

होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश.

बिर्तामोड । होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश गरेको छ । हिकोलाले आज सातौँ वर्ष पूरा गरेको हो । बिर्तामोडका व्यवसायी, धार्मिक तथा सामाजिक व्यक्तित्व साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले छोरी मनिताको जन्मदिन पारेर २०७२ भदौ ४ गते होटल सञ्चालनमा ल्याएका थिए । तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले बिर्तामोडको पहिलो वान स्टार होटलका रुपमा स्थापना […]

‘भद्रपुर महोत्सव’ सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘भद्रपुर महोत्सव’ सञ्चालनमा.

भद्रपुर । झापा सदरमुकाम भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने उद्देश्यले ‘भद्रपुर महोत्सव’ शुरु भएको छ । संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनीकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बद्र्धन लगायतका उद्देश्य राखी भद्रपुर युवा परिवारको आयोजनामा ‘भद्रपुर महोत्सव’ सञ्चालन गरिएको हो । खेलकुद लगायत सामाजिक गतिविधिमा सक्रिय […]

भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा.

बिर्तामोड । झापाको बिर्ताबजारमा भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ४ बिर्ताबजार चोकदेखि पूर्वपट्टी मण्डाचोकमा डाईग्नोष्टिक सेन्टर आज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । प्रसुति, स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराइया राजवंशी र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रणधिर राजवंशीले भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् […]

हिमालयन एभरेष्टले दियो २० लाख बीमा रकम

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on हिमालयन एभरेष्टले दियो २० लाख बीमा रकम.

बिर्तामोड । हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेड बिर्तामोड शाखाले दुर्घटना बीमा वापत विमितलाई २० लाख रुपैयाँभन्दा बढी दावी भुक्तानी उपलब्ध गराएको छ । कम्पनीले मातृ भाग्यरेखा यातायात एण्ड अटोमोबाइल्सलाई दुर्घटना बीमा वापत २० लाख ६९ हजार २२५ रुपैयाँ प्रदान गरेको हो । शाखा प्रबन्धक लेखनाथ पोखरेलले विमित मातृ भाग्यरेखा यातायात एण्ड अटोमोबाइल्सका अध्यक्ष खड्गप्रसाद दाहाललाई बीमा […]

मेचीनगरको बजेट १ अर्ब ४८ करोड ४३ लाख, बजेट पुस्तिका सार्वजनिक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगरको बजेट १ अर्ब ४८ करोड ४३ लाख, बजेट पुस्तिका सार्वजनिक.

मेचीनगर । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि नगर विकास योजना पुस्तक सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले सो पुस्तक सार्वजनिक गरेका हुन् । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ […]

युनिकमद्वारा नेतृत्व विकास तालिम सञ्चालन

Published: in अर्थतन्त्र, शिक्षा, समाज by . Leave a Comment on युनिकमद्वारा नेतृत्व विकास तालिम सञ्चालन.

झापा । नेपाल व्यापारी कर्मचारी संघ (युनिकम)को आयोजनामा इलामको सूर्योदय नगरपालिका कन्याममा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तीन दिने तालिमको सुरुवात भएको छ । संघमा आबद्ध सदस्यको नेतृत्व विकासका लागि आइतबारबाट सुरु भएको तालिम मङ्लबार समापन हुनेछ । तालिमको उद्घाटन सार्क चेम्बर एण्ड कमर्शका उपाध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले गरेका […]

शर्मा अर्थमन्त्रीमा दोहोरिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शर्मा अर्थमन्त्रीमा दोहोरिँदै.

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । अर्थमन्त्रीका रुपमा शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताएका छन् । जेठ १४ गते राति अनाधिकृत व्यक्तिको […]

हाम्रो नेपाल साकोसः १० वर्षमा उल्लेखनीय प्रगति

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसः १० वर्षमा उल्लेखनीय प्रगति.

झापा । प्रदेश १ सरकारका कृषि तथा पशुपन्छी मन्त्री झलकबहादुर दर्लामी मगरले सहकारीको माध्यमबाट कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनु पर्ने सुझाव दिएका छन् । झापाको बिर्तामोड–४ मा अवस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका कृषिमन्त्री दर्लामीले उक्त सुझाव दिएका हुन् । राज्यले आयात प्रतिास्थापनको पहल गरिरहेको सन्दर्भमा […]

भद्रपुर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन.

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको छ । मूल भन्सारका रूपमा स्तरीकृत भएयता लगातार कोरोना महामारीको प्रभाव खेपिरहेको कार्यालयले यसवर्ष पनि लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली गर्न सकेको हो । सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले ४२ करोड ५८ लाख […]

सुशील अग्रवालको अध्यक्षमा झापाका चार्टर्ड एकाउन्टेन्टस्हरु संगठित

Published: in अर्थतन्त्र, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुशील अग्रवालको अध्यक्षमा झापाका चार्टर्ड एकाउन्टेन्टस्हरु संगठित.

झापा । संख्या बढ्दै गएपछि झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु संगठित भएका छन् । झापाको बिर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टस्हरुको आज सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेका हुन् । १ नं प्रदेशकै पहिलो चार्टर्ड एकाउन्टेन्ट्स झापा बिर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा संघको गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम […]