काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ ।
काठमाडौँ । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो। सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए। बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए। “केही दिनभित्रै यातायात […]
झापा । बीमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त एवम् बिमितको सुविधा समेतलाई ध्यान दिएर ‘बिग मर्जर’को नीति अवलम्बन गर्न थालेका छन् । पछिल्लो समय प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योन्सको एकीकरणले पनि यसैको पुष्टि गरेको छ । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई एकीकरणका लागि गत जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको छ । आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको भए पनि कम्पनीले आवेदन दिने म्याद थप गरेको सूचना आज जारी गरेको थियो । […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।
मेचीनगर । दूध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्नेगरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दूधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सो अनुदान वितरण गरेको हो । आइतबार मेचीनगर−१२ स्थित रितिका डेरी उद्योगमा एक […]
काठमाडौं । नेकपा (एमाले)ले आज सातै प्रदेशका आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूसँग भर्चुअल बैठक गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका संसदीय दलका नेताहरूको प्रस्तुति सुनेर निर्देशन पनि गरेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेश सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटका विषयमा भर्चुअल बैठक […]
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो । गत फागुन २ गते २१०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घटेर साढे १८०० विन्दुभन्दा तल […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनले बताए । आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी […]
काठमाडौं । नेकपा (एमाले)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकप्रति नियमापत्ति गरेको छ । प्रदेशहरू सबैको नामकरण भइसक्दा समेत प्रदेश–१ भनेर बजेट शीर्षक उल्लेख गरिएको भन्दै त्यसलाई नसच्याउँदासम्म प्रतिनिधिसभामा छलफल अगाडि बढ्न नसक्ने एमालेले अडान लिएको हो । आइतबार संसद् बैठकमा एमालेका सचेतक महेश बर्तौलाले ‘संविधाको धारा १९५ विपरीतको छलफल’ संसद्मा हुन नसक्ने […]