Sajhamanch Archive

बजेट ल्याउन जस्केलोको यात्रामा कोशी सरकार

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on बजेट ल्याउन जस्केलोको यात्रामा कोशी सरकार.

विराटनगर । प्रदेशसभामा अल्पमतमा परेर नीति तथा कार्यक्रम र बजेट पारित नहुने निश्चित भएपछि कोशी प्रदेश सरकार बजेट अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने विन्दूमा आइपुगेको छ। संसद्को बर्खे अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने बाटो खोल्नकै लागि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले आज (बुधबार) प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने औपचारिकता पूरा गर्दैछ। […]

वैकल्पिक सहायक राजमार्गको ५१% बजेट चार नेताको

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on वैकल्पिक सहायक राजमार्गको ५१% बजेट चार नेताको.

काठमाडौँ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको उक्त कार्यक्रमको बजेट सत्तारूढ दलका शीर्ष नेताको जिल्लामा केन्द्रित गर्न बजेटको ‘सिलिङ’ मा पनि हस्तक्षेप गरिएको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि राष्ट्रिय योजना आयोगले डेढ अर्बको सिलिङ तोकेको थियो […]

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी सरकारको नीति तथा कार्यक्रम भोलि.

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि […]

मधेशमा ३५ अर्बको बजेट ल्याउने तयारी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मधेशमा ३५ अर्बको बजेट ल्याउने तयारी.

जनकपुरधाम।१ असारमा आगामी आर्थिक वर्ष २०८-०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी भइरहेको छ। अर्थमन्त्री सञ्जयकुमार यादव र अर्थसचिव प्रेमप्रसाद भट्टराईलाई बजेट बनाउन भ्याइनभ्याइ छ। ‘अहिले सबै काम छाडेर बजेट बनाउनमै व्यस्त छौं’ अर्थमन्त्री यादवले भने । आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदैछ। अर्थ मन्त्रालयका सचिव […]

बजेटले गठबन्धनमै खटपट संशोधन नभए पारित हुन नदिने नेकपा एस र जसपाको चेतावनी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेटले गठबन्धनमै खटपट संशोधन नभए पारित हुन नदिने नेकपा एस र जसपाको चेतावनी.

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट […]

बीमा गरेको ४ महिनामै मृत्यु, महालक्ष्मी लाइफले गर्यो मृत्युदावी भुक्तानी

Published: in अर्थतन्त्र, प्रदेश तह, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on बीमा गरेको ४ महिनामै मृत्यु, महालक्ष्मी लाइफले गर्यो मृत्युदावी भुक्तानी.

इटहरी । महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी कार्यार्लयले बीमा गरेको चार महिना मै निधन भएकी एक बीमितको परिवारलाई ५ लाख १२ हजार रुपैयाँको मृत्युदावी भुक्तानी गरेको छ । महालक्ष्मी लाइफमा ५ लाख रुपैयाँको सावधिक बीमा गरेकी कटहरी गाउँपालिका वर्डा नं. ३, मोरङकी सीता कुमारी चौधरीको ४ महिना पछि नै निधन भएको थियो । उनका परिवारलाई बीमा […]

सिएमसीको कार्यशालामा गुरागाई सहजकर्ता, नेतृत्व चयन पनि सँगसँगै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सिएमसीको कार्यशालामा गुरागाई सहजकर्ता, नेतृत्व चयन पनि सँगसँगै.

झापा । झापाका सहकारी संघ–संस्थाहरुमा कार्यरत प्रबन्धक कर्मचारीहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी)को पहिलो जिल्ला अधिवेशन आगामी असार २ गते हुने भएको छ । केही महिना पहिले गठन भई क्रियाशील रहेको क्लब औपचारिकरुपमा दर्ता भइसकेकाले जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व पनि चयन गर्न लागिएको हो । जिल्लाभरका सहकारी संघ–संस्थाहरुबाट सिइओ, कार्यकारी प्रमुख, ब्यवस्थापक वा प्रबन्धकहरुको […]

आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा तीन गुणासम्म मूल्यवृद्धि, दोषी सरकार कि व्यवसायी ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा तीन गुणासम्म मूल्यवृद्धि, दोषी सरकार कि व्यवसायी ?.

काठमाडौं । बजेट आएको दिन १५ जेठमा कालीमाटी तरकारी बजार विकास समितिको बजार मूल्य सूचनामा प्याजको प्रतिकिलो थोक मूल्य ३४ रुपैयाँ ३७ पैसा थियो । सोही दिन आलुको मूल्य प्रतिकेजी ३१ रुपैयाँ मात्रै तोकिएको थियो । तर, बजेट घोषणाको १४ दिनमा आलुको मूल्य करिब दोब्बर र प्याजको मूल्य किलोमा साढे तीन गुणाले बढ्यो । अचम्म […]

पहिचानसहितका क्रियाकलाप गर्दै कोअपरेटिभ एलाइन्स

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on पहिचानसहितका क्रियाकलाप गर्दै कोअपरेटिभ एलाइन्स.

झापा । सहकारी अभियानलाई फरक ढंगबाट पनि संरक्षण गर्न सकिन्छ भन्ने ध्येय लिएर काम सुरु गरेको कोअपरेटिभ एलाइन्स अफ झापामा आवद्ध सहकारीहरुले आफ्नो संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । हालै दमकमा सम्पन्न एलाइन्सको बैठकमा सहभागी २५ भन्दा बढी प्रारम्भिक सहकारी संस्थाका सञ्चालक, कर्मचारी र प्रतिनिधिहरुले सो प्रयोजनका लागि खराब ऋणीहरुको विवरण एकापसमा […]

नेप्से करिब ७.७९ अंकले बढ्दा २ अर्ब ८९ करोडको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से करिब ७.७९ अंकले बढ्दा २ अर्ब ८९ करोडको कारोबार.

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ । अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित […]