झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ […]
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। आइतबार बजेटमाथी सांसद्हरुले बोल्ने क्रम सकिएकोले आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री महतले जवाफ दिने कार्यसूचि रहेको छ। जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को एनएमसी चिया ब्यवसायले सिटिसी चिया बजारमा ल्याएको छ । आफ्नै ब्राण्डमा प्याकेजिङ उद्योग सञ्चालन गरी संस्थाले ५०० ग्राम र २०० ग्रामको उपभोक्ता पाउच तथा ६ केजीको ब्यवसायिक झोला बजारमा ल्याएको हो । आज आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसी चिया उद्योगले एनएमसी टी ब्राण्डमा चियाको प्याकेट बजारमा […]
काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो । यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात […]
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो । आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच […]
बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व कृषकहरुको लागि बिर्तामोडमा आयोजित विभिन्न प्रकारका तालिमहरु सम्पन्न भएका छन् । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीनवटा तालिम शुक्रबार सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाईपालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको […]
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको मन्त्रिपरिषदका एक सदस्यले […]
काठमाडौं । बजेटमार्फत सरकारले राजस्व प्रणालीको पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महत स्वयमले यसपटक आफूले राजस्व प्रणालीमा ठूलो सुधार गरेको घोषणा गरिरहेका छन् । तर, सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा राजस्वको प्रक्षेपण भने हचुवाको भरमा गरेको देखिएको छ । सरकारले यो वर्षको राजस्वको संशोधित अनुमानको तुलनामा आगामी आवमा २४ […]
काठमाडौं । भारतीय अवरोधपछि नेपालमा चीनबाट विस्फोटक पदार्थ आपूर्ति थालिएको छ । विकास निर्माणका परियोजनामा विस्फोटक पदार्थ आपूर्तिमा भारतले अवरोध गरेपछि निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट विस्फोटक पदार्थ भित्र्याउन सुरु गरेका हुन् । पछिल्लो केही दिनमा निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरेका छन् । भारतको ९ महिनादेखिको निरन्तरको अवरोध पछि पछिल्लो […]
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ६४ […]