बिर्तामोड । नगर क्षेत्रकै नमूना र उत्कृष्ट विद्यालयको रूपमा स्थापित न्यूटन्स् एजुकेशन एकेडेमीले समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थी तथा अभिभावकको उत्कृष्ट रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित न्यूटन्सले विद्यालयमा बालमैत्री तथा शैक्षिक रचनात्मक गतिविधिहरु मार्फत बाल मनोविज्ञानका आधारमा पठनपाठन गर्दै आएको पाइन्छ । बालबालिकालाई यस वर्षबाट उनीहरुको रुचि अनुसारको कला सिकाउन थालिएको […]
बिर्तामोड । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत सञ्चालित सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा वैशाख १२ गते मंगलबार बिर्तामोड सेवा केन्द्रको सभाहलमा तालिम प्रदान गरिएको हो । उपसमिति संयोजक सावित्रा दाहाल भट्टराईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण तालिमको सहजीकरण सेवक बजगार्इँले गरेका थिए । […]
काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा […]
काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षकहरूको पेन्सन रोकिएको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएकाले पेन्सन भुक्तानी भएको छैन । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार ३०८ छ, त्यसमध्ये करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएका छैनन् । राजस्व असुली कम भएकाले अर्थ मन्त्रालयले पेन्सन बापतको रकम निकासामा ढिलाइ गरेको […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दशनामीहरुका कूलगुरु शंकराचार्यको १२३५औं जन्मजयन्ती मनाएको छ । नगर समितिले सोमबार बिर्तामोडमा कूलगुरु शंकराचार्यको तस्वीरमा फूलगुच्छा अर्पण गरेर जन्मजयन्ती मनाएको हो । सो कार्यक्रमका बीच नगर समितिका अध्यक्ष अर्जुन गिरीले नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए । बैठक र समवेदना कार्यक्रममा सबैभन्दा धेरै उपस्थिति हुने […]
काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ । निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए । सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन […]
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहिबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताए। उनका अनुसार निर्वाचन आयोग, गृह […]
झापा । नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्यनजर गरेर शुल्क घटाउन माग गरेको छ । बिर्तामोडमा नेवि संघले पत्रकार सम्मेलन गरेर देशमा आर्थिक संकट आएको अवस्थामा विद्यालयमा नयाँ विद्यार्थी भर्नागर्दा चर्को शुल्क नलिन आग्रह गरेको हो । नेवि संघका झापा सभापति सञ्जय निरौलाले पत्रकार सम्मेलनमा […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का विभिन्न समिति तथा उपसमितिहरुमा आवद्ध सहकारीकर्मीहरुलाई आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरिएको छ । सहकारीका विरुद्धमा बजारमा चलिरहेको अफवाहलाई समितिस्तरका जिम्मेवार सदस्यहरुमाझ प्रवाह गरेर वास्तविकता पहिल्याउन सजिलो बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । अभिमुखीकरण अन्तरगत नेफ्स्कुनका पूर्व सिइओ कुवेर निरौलाले ‘सहकारी क्षेत्रको वर्तमान अवस्था, […]
कमल । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज झापाको केर्खामा सदस्यहरुलाई सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र स्तरीय कार्यक्रम सम्पन्न गरेको हो । सहकारीले हाल झापा, मोरङ्ग र इलाम गरी ३ वटा जिल्लाका ३० वटा शाखामार्फत ३३ हजार सदस्यलाई सेवा प्रवाह […]