Sajhamanch Archive

सांसद भण्डारीलाई उपचारार्थ भारतको मुम्बई लगिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सांसद भण्डारीलाई उपचारार्थ भारतको मुम्बई लगिँदै.

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लगिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगेर उपचार गर्नुपर्ने भएको हो । कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो […]

ग्यास विस्फोट : सांसद भण्डारीकी आमाको निधन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ग्यास विस्फोट : सांसद भण्डारीकी आमाको निधन.

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा हरिकलाको १० बजेर ५७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले बताएको हो ।

भद्रपुरका मण्डल परिवारलाई कर्णालीले दियो खाद्यान्न

Published: (Updated: ) in समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुरका मण्डल परिवारलाई कर्णालीले दियो खाद्यान्न.

भद्रपुर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले भद्रपुर नगरपालिका वडा नं. ६ बंगालीबस्तीको एक परिवाराई खाद्यान्न हस्तान्तरण गरेको छ । प्रदेश १ सरकारका पूर्व सहकारी मन्त्री ओमप्रकाश सरावगी र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको समुपस्थितिमा बुधबार बिहान विशेष कार्यक्रमको आयोजना गरी दुवै मिर्गौला खराब भएर उपचार गरिरहेका गोपालचन्द्र […]

ग्यास सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ग्यास सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते.

काठमाडौं । ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गए राति ग्यास सिलिण्डर विस्फोट भएको थियो । राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा […]

बिर्तामोडमा पत्रकार–कर्मचारी फुटबल, कर्मचारी टिम विजयी

Published: in खेलकुद, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा पत्रकार–कर्मचारी फुटबल, कर्मचारी टिम विजयी.

बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ । ७०औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरीय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो । नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारी विजयी भएका छन् । खेलको पूरा […]

सतासी सहकारीको आयोजनामा अर्जुनधारामा निःशुल्क आँखा शिविर, ३१४ जनाले लिए सेवा

Published: in लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सतासी सहकारीको आयोजनामा अर्जुनधारामा निःशुल्क आँखा शिविर, ३१४ जनाले लिए सेवा.

अर्जुनधारा । ‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ नाराका साथ आज अर्जुनधारा नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरको उद्घाटन वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले गरेका थिए […]

सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न.

गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् । शिविरमा २४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निःशुल्क वितरण गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी […]

आम्दा मेची अस्पताल प्रविधिमैत्री बनाइँदै, २२ लाख रुपैयाँभन्दा बढी मूल्यका उपकरण थपिए

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आम्दा मेची अस्पताल प्रविधिमैत्री बनाइँदै, २२ लाख रुपैयाँभन्दा बढी मूल्यका उपकरण थपिए.

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, […]

कमल गाउँपालिकामा नगर अस्पताल सञ्चालनको तयारी

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा नगर अस्पताल सञ्चालनको तयारी.

कमल । झापाको कमल गाउँपालिकामा स्वास्थ्य बीमासहितको उपचार सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्वर २ मा रहेको तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आगामी फागुन १ गतेदेखि कमल नगर अस्पतालको नामबाट सेवा सुरु गर्न लागिएको हो । गाउँपालिकाका सबै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य चौकीको स्तरोन्नति गरी नगर अस्पतालबाट सेवा सञ्चालन […]

कोशी अस्पताल अब मेडिकल कलेज बन्दै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य by . Leave a Comment on कोशी अस्पताल अब मेडिकल कलेज बन्दै.

बिराटनगर । कोशी अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न पूर्वाञ्चल विश्वविद्यालयलाई दिने सम्बन्धी संघीय सरकारले सोमबार निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारअन्तर्गत रहेको कोशी अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालयका लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निणर्य गरेको हो । मन्त्रिपरिषद् बैठकको यो निणर्यसँगै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्ने बाटो खुलेको छ । […]