झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि जिज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो । सहारा नेपाल […]
बिर्तामोड । नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना तथा संजीवनी हर्ट हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सुरुवाती कोठा नेपाल तथा आदर्श स्कूल अफ मेनेजमेन्टले आज निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । आदर्श कलेजका विद्यार्थी र शिक्षकलाई निःशुल्क मुटु तथा जनरल फिजिसियन सेवा दिइएको हो । सन्जिवनी अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर सिपि यादवले विद्यार्थीको स्वास्थ्य […]
कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सुरुङ्गामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । संस्थाको सुरूङ्गास्थित सेवा केन्द्रको आयोजनामा कनकाई–३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको आँखा शिविरबाट ५०० जनाभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । बचत तथा ऋणको मात्र कारोबारमा सिमित नरही साना मझौला व्यवसायी […]
मेचीनगर । झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा गैर सदस्यका लागि माघ १४ गते शिवगञ्जमा आँखा शिवीर सञ्चालन गरेको हो । उक्त शिविरमा ३७० जना आँखाका बिरामीले निःशुल्क […]
गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ । विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिकाका वडाध्यक्ष केदार […]
दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा झापामा कुष्ठ रोगीको संख्या १२१ रहेकोमा चालू आर्थिक वर्षको बितेको ६ महिनामा नै ६ जना बालबालिकासहित १२० जना पुगिसकेको छ […]
झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री सिटौलाले कृषिमा परनिर्भरता त्याग्दै अब आत्मनिर्भर बन्नेतर्फ सबै लाग्नुपर्ने अवस्था आएको बताए । […]
मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको हो । मानसिक रोगी हिंडडुलसमेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घरमा नै सानो खोर बनाएर राखेका थिए । बाहिर राख्दा […]
बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजारमा साताव्यापी योग साधना शिवीर आज समापन भएको छ । गत पुष १८ गतेदेखि सुरु भएको जीवन विज्ञान योग साधना शिवीरको समापन प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका हुन् । आज बिहान भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कार्कीले आफ्नो जीवनलाई सफल बनाउन यस्ता ध्यान शिवीरहरु अनि […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै फोहोरको वर्गीकरण गर्न छलफल प्रारम्भ गरेको छ । सोही सिलशिलामा आइतबार वडा नं. ६ को कार्यालयमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, […]