दमक । गाउँ, टोल र वडाको सरसफाईलाई अभियानका रुपमा निरन्तरता दिने उद्देश्यले दमक नगरपालिका वडा नम्वर ८ कार्यालयले आजदेखि सरसफाई सप्ताह शुरु गरेको छ । टोलबासी, संघ–संस्थाका प्रमुख प्रतिनिधि, विद्यार्थी, स्थानीय सरकार र सर्वसाधारणको सहभागितामा जेसीज मार्गबाट सरसफाई शुरु गरिएको हो । सरसफाईमा सहभागीहरुले कुटो, कदालो लिएर झाङ्ग झाडी सफा गर्ने, झारहरु उखल्ने, सडक, बाटो […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतराले चलाएको कारमा अर्को सवारीको टायर पड्किँदा क्षति पुगेको छ । ५ नं. वडा सदस्य लक्ष्मी बाँस्कोटाका अनुसार कारको सबै सिसा फुटेका छन् । आफैंले हाँकिरहेको कारको अगाडिको भागमा कुनै क्षति नभएकाले उपप्रमुखलाई कुनै चोटपटक भने लागको छैन । हर्कलाल मार्ग भनिने शहीद राममार्गमा आफैं कार चलाएर बैठकमा जाँदै […]
मेचीनगर । दोस्रो वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता ब्हिीबारबाट झापाको मेचीनगर वडानम्बर ६ मा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर ६ नम्बर वडाका वडा सदस्य राजकुमार श्रेष्ठले गरेका हुन् । मेचीनगर नगरपालिका वडानम्बर ६ ले आयोजना गरेको प्रतियोगितामा फुटबल, क्रिकेट र कराते तीन विधाका खेललाई समेटिएको छ । काँकरभिट्टा माविको खेलमैदनमा फुटबल र […]
अर्जुनधारा । स्थानीय सरकारले सहकारी ऐन बनाउनु पर्ने प्रावधानअनुरुप अर्जुनधारा नगरपालिकाले नगर भित्रका सहकारीसँग सहकारी ऐन तर्जुमा सम्बन्धी आज अन्तरक्रिया गरेको छ । नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा सहकारी ऐन तथा नियम तर्जुमा गर्दा के कस्ता प्रावधानहरु राखेमा सहकारी अभियान मैत्री हुनसक्छ भनी सुझावहरु संकलन गरिएको हो । अन्तरक्रियामा सहभागी सहकारीका संस्थाका अध्यक्ष, सचिव वा सञ्चालकहरुसँग […]
अर्जुनधारा । छिमेकीको घेराबन्दीमा परेका अर्जुनधारा नगरपालिका वडा नं. ९ देवर्षी टोलका अम्बरबहादुर कार्कीले आफ्नो घर आवतजावत गर्ने बाटो नपाएको भन्दै मानव अधिकारवादी गुहारेका छन् । विगत ४० वर्षदेखि उपभोग गर्दै आएको सार्वजनिक बाटो स्थानीय इन्द्रसिंह बस्नेत, पूर्ण बस्नेत, हेम बस्नेत र खड्ग सापकोटाले पूर्णरुपमा छेकाबारा लगाई हिंडडुल गर्न प्रतिवन्ध गरिदिए पछि जनप्रतिनिधिसँग अनुरोध गर्दा […]
इटहरी । इटहरी उपमहानगरपालकिाका प्रमुख द्वारिकालाल चौधरीले कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा कर्मचारीले आज उपमहानगरपालिकाको काम काज ठप्प पारेका छन् । इटहरी उपमहानगरपालिकाका सबै कर्मचारीहरु कार्यालय नै नखोली नगरपालिका परिसरमा आन्दोलन गरिरहेका स्थानीयले बताएका छन्। कार्यालय परिसर बाहिर कर्मचारीको बाक्लो भिड लागेपछि सुरक्षाका लागि शसस्त्र प्रहरी पनि खटिएको छ । नगरपालिकाका कुनै पनि कार्यालय नखुले पछि […]
कमल । सकारात्मक सोच विकास सम्बन्धी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरुका लागि आयोजित तीन दिने तालिम आजदेखि सुरु भएको छ । मेची युनेस्को क्लबको आयोजनामा सुरु भएको तालिममा विद्यालयको शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हिमाल ओझा र यादव पोखरेलले सहजीकरण गरिहेका छन् । कमल गाउँपलिकाको वित्तीय सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन गर्दै गाउँपालिका […]
दमक । दमक नगरपालिका वडा नम्बर ८ ले महिलाको पाठेघरको क्यान्सर परीक्षणसहितको सरसफाई सप्ताहको तयारी पूरा भएको जनाएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरेर जेठ १० गतेदेखि १६ गतेसम्म गरिने सरसफाई सप्ताहको तयारी पूरा भएको जनाएको हो । सरसफाई सप्ताह अभियानको तयारी, टोल विकास संस्थाको प्रमुख, प्रतिनिधिलाई पत्रचार, टोलबासी, वडाबासीलाई निमन्त्रण पत्र, स्वास्थ्य परीक्षणको […]
अर्जुनधारा । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कस्तो नीति तथा कार्यक्रम बनाउने, आर्थिक समृद्धि हासिल गर्दै मानवीय आवश्यकता, इच्छा र आकाङ्क्षा पूर्तिका लागि कस्ता कार्यक्रम समेट्दा नीति तथा कार्यक्रम प्रभावकारी हुन्छ ? यी र यस्तै सवालबारे सुझाव लिदैँ दिनहुँ राजनीतिक दलसहित सरोकारवाला पक्षसँग अन्तरक्रियामा यतिबेला झापाको अर्जुुनधारा नगरपालिका जुटेको छ । राजनीतिक दलहरुसँगको आजको […]
कमल । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा एक हजार २०० भन्दा बढी आवेदन परेको छ । आवेदन दिएका मध्ये पहिलो चरणमा छनौट भएका ९९ जनालाई कम्तिमा ३० दिन रोजगारी दिने तयारी भएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिएका छन् । दर्ता भएका निवेदन अन्तर्गत पहिलो चरणमा अदक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगार संयोजक तिवारीले […]