Sajhamanch Archive

जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी

Published: in खेलकुद, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी.

कनकाई । नारी दिवसको अवसर पारेर झापाको कनकाईमा सञ्चालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ । सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी […]

अर्जुनधाराले चुम्यो १३औं राष्ट्रपति रनिङ शिल्ड

Published: in खेलकुद, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराले चुम्यो १३औं राष्ट्रपति रनिङ शिल्ड.

भद्रपुर । १३औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । यसैसाता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो । अघिल्लो वर्षको उपाधि विजेता भद्रपुर नगरपालिका यसवर्ष दोस्रो स्थानमा झरेको छ । भद्रपुरले ८ स्वर्ण, ६ रजत र ३ […]

मिसन ग्रासरुटः कार्ययोजनासहित अघि बढ्यो दमक नगर कमिटी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मिसन ग्रासरुटः कार्ययोजनासहित अघि बढ्यो दमक नगर कमिटी.

दमक । नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिने निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण तथा विस्तारको यो अभियानलाई वडा र टोलसम्म कार्यकर्तालाई क्रियाशिल गराउने निर्णय गरेको हो । एमाले दमक नगर कमिटीको बैठकले कार्ययोजना पारित गरेसँगै काम अघि बढेको हो । पार्टीका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, […]

क्यान्सर पिडित ताजपुरियालाई निर्धनले गर्यो १० हजार सहयोग

Published: in समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on क्यान्सर पिडित ताजपुरियालाई निर्धनले गर्यो १० हजार सहयोग.

गौरादह । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडीत नन्दलाल ताजपुरियालाई उपचार सहयोग गरेको छ। लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि १० हजार नगद आर्थिक सहयोग गरिएको हो। कम्पनीका गौरादह शाखाका कर्मचारीहरुले पिडित ताजपुरियाको घरमै पुगी नगद हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा कम्पनीका गौरादह शाखा प्रमुख विवश घिमिरे, वडा नम्बर […]

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई.

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल […]

हिमाली एजुकेशनले मनायो १६औं वार्षिकोत्सव

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on हिमाली एजुकेशनले मनायो १६औं वार्षिकोत्सव.

अर्जुनधारा । अर्जुनधारा ६ मा रहेको हिमाली एजुकेशन फाउण्डेशनले आज १६औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । फाउण्डेशनका संस्थापक खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य थियो । विद्यालयका प्रिन्सिपल शान्ता गिरीले शाब्दिक स्वागत गरेपछि सञ्चालन गरिएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि गोम्देनसहित शैक्षिक सामाजिक व्यक्तित्वहरुले आफ्ना धारणा राखेका […]

बिर्तामोड नगरपालिकाः दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाः दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । आज दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । अधिवेशनका सभाध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसँगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रस्तुत गरेका प्रस्तावहरु माथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका हुन् । अधिवेशनले संगठन […]

आजबाट औपचारिक भयो मेचीनगरको अर्को न्यूजपोर्टल ‘मेचीनगर अनलाइन’

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on आजबाट औपचारिक भयो मेचीनगरको अर्को न्यूजपोर्टल ‘मेचीनगर अनलाइन’.

मेचीनगर । पत्रकार अर्जुन कार्कीको सम्पादकीय नेतृत्वमा मेचीनगरले अर्को अनलाइन न्यूजपोर्टल पाएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहका बीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका हुन् । मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख बुढाथोकीले ल्यापटपमा वेबसाइट क्लिक गरेर अनलाइनको उद्घाटन गरेका हुन् । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील कार्की यसअघि लोकतन्त्र पोस्ट, […]

झापामा एकल अभियान नेपालको २७औं स्थापना दिवस मनाइयो

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा एकल अभियान नेपालको २७औं स्थापना दिवस मनाइयो.

झापा । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको २७औं स्थापना दिवस आज देशैभर विशेष कार्यक्रम गरी मनाइएको छ । झापाको शिवसताक्षी वडा नं. ४ र ५ लाई लक्षित गरी जनताबजारमा झापा जिल्ला समितिले पनि स्थापना दिवस मनाएको हो । शिवसताक्षी वडा नं. ४ का वडाध्यक्ष बिष्णु प्रसाईंको प्रमुख आतिथ्य तथा वडा नं. ६ का वडाध्यक्ष मनोज […]

मेचीनगरमा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धी अन्तरक्रिया

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धी अन्तरक्रिया.

मेचीनगर । मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धी पहिलो चरणको छलफल शुक्रबार गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसँग नगरपालिकाले अन्तरक्रिया गरेको हो । मेचीनगरमा उचित खानेपानीको व्यवस्थापन, बहुतले बसपार्क निर्माण, नगर अस्पताल व्यवस्थित सञ्चालन, स्टेडियम निर्माण, फोहोरमैला व्यवस्थापन, सडक निर्माण, पूल निर्माण र नदी […]