झापा । अर्जुनधारा नगरपालिका वडा नं. ११ मा पर्ने बिर्तामोड नयाँबसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन गरिएको छ । सो क्षेत्रको जनघनत्वलाई ध्यान दिँदै स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आज उक्त सूचना केन्द्रको उद्घाटन गरेका हुन् । स्वास्थ्य केन्द्र उद्घाटन पछि आफ्नो मन्तब्यमा नगरप्रमुख रानाले आर्थिक वर्ष २०७६/०७७ जनघनत्वको […]
हल्दिबारी । हल्दिवारी गाउँपालिकामा वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आजदेखि सरु गरिएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा स्थानीयस्तरबाट खेलकुदमा अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको जनाइएको । गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको उद्घाटन खेलमा जनप्रतिनिधि ११ लाई कर्मचारी ११ ले २—० […]
कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आज यहाँका किसानलाई बंगुरका पाठा वितरण गरिएको छ । ४० जना कृषकलाई ड्युरोक, हेमसायर, ल्याण्ड्रेस जातका बंगुरका पाठा वितरण गरिएको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले व्यवसायिक फर्म सञ्चालकहरुलाई बंगुरका पाठा हस्तान्तरण गरेकी हुन् । पाठा हस्तान्तरण पछि बोल्दै अध्यक्ष काफ्लेले कमल […]
कमल । झापाको कमल गाउँपालिका अन्य पालिकाको तुलनामा विकास निर्माण लगायतका विषयमा निकै अगाडि बढेको पाइएको छ । पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछिको २ वर्षको अवधिमा गाउँपालिकामा सडकको स्तरोन्नति, ग्रामीण विद्युत विस्तार, शिक्षा क्षेत्रमा सुधार, कृषिमा यान्त्रिकरणको प्रयोगले विकासमा फड्को मारेको हो । दुई वर्षको अनुभव लिएका जनप्रतिनिधिले आगामी आर्थिक वर्षमा के–कस्ता कार्यक्रम ल्याउँदा जनताका […]
भद्रपुर । भद्रपुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम बनाउँदा नगर नेतृत्वले कार्यपालिका सदस्यका रूपमा रहने वडाध्यक्षलाई जानकारी नै नदिएको पाइएको छ । आर्थिक वर्ष २०७६।७७ का लागि वार्षिक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन बनाउँदा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी तरिकाले तयार गरेको पनि आरोप लागेको छ । नगरको सन्तुलित विकासमा झारा टार्ने काम मार्गदर्शनमार्फत गरिएको […]
मेचीनगर । प्रदेश १ को उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले सरकारले अघि सारेको ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल बनाउन हरेक क्षेत्र लाग्नुपर्ने औंल्याएका छन् । बुधबार काँकरभिट्टामा नवनिर्मित पर्यटक सहायता कक्षको उद्घाटन गर्दै सचिव ढुंगानाले लामो समयदेखि पूर्वीनाकामा निक्कै आवश्यकता खटिएको पर्यटक सहायता कक्ष निर्माण भएपछि यो नाकाबाट नेपाल प्रवेश गर्ने […]
झापा । झापाका जनप्रतिनिधिहरुले संसदबाट विनियोजित बजेटलाई व्यवहारिक कार्यान्वयन गर्न थालेका छन् । आज वैशाख ३० गतेमात्र क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँले क्षेत्र पूर्वाधार कोषबाट विनियोजन गरेको १९ लाख रुपैयाँले भद्रपुर ४ मा सडक निर्माणको शिलान्यास गरिएको छ । भद्रपुर ४ को मन्त्रीचोक (साविक महेशपुर) बाट ज्ञानेचोक (साविक पृथ्वीनगर) जोड्ने सडक निर्माणको […]
अर्जुनधारा । तराई–मधेश समृृद्धि कार्यक्रम अन्तर्गत २०० विपन्न परिवारका लागि आर्जुनधारा नगरपालिकाले सामुहिक आवास निर्माणको प्रस्ताव पेश गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले सामुहिक आवास निर्माण गर्ने निर्णय गरेको नगरप्रमुख हरिकुमार रानाले बताएका हुन् । विपन्न घर परिवारका लागि सामुहिक आवास निर्माण गर्नेसँगै नगर कार्यपालिकाको ५२औँ बैठकले ९ बुँदे महत्वपूर्ण निर्णय सर्वसम्मतीले पारित गरेको […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले आइतबार १, २ र ३ नं वडालाई समेट्ने गरी पृथ्वीनगरमा घुम्ती शिविर सञ्चालन गरी एकै दिन अपाङ्गता भएका ९० जनालाई परिचयपत्र प्रदान गरेको छ । नगर क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ–टोलमै परिचयपत्र वितरण गर्न थालिएको हो । अपाङ्गता भएकाहरुलाई परिचयपत्रका लागि नगरपालिकासम्म धाउन कठिन हुने देखिएपछि […]
दमक । दमक नगरपालिका वडानम्वर १० का खेलाडी तथा खेलकुद संस्थाको प्रमुख तथा प्रतिनिधिहरुको भेलाले खेलकुद विकास वडा समिति गठन गरेको छ । वडानम्वर १० का वडाअध्यक्ष बोधराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले खेलकुद विकास वडा समिति गठन गरेको हो । दमक नगर खेलकुद विकास समितिको कोषाध्यक्ष इन्दु न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय खेलकुद समिति गठन […]