Sajhamanch Archive

बुद्धशान्ति ४ का बासिन्दाले सांसद सविनासँग धनिपूर्जा मागे

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति ४ का बासिन्दाले सांसद सविनासँग धनिपूर्जा मागे.

बुद्धशान्ति । झापा क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश १ का प्रदेशसभा सदस्य सबिना बजगाईंले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा सो क्षेत्रका बासिन्दासँग भेटेर समसायिक विषयमा छलफल गरेकी छन् । वडास्तरमा पुगेर जनतासँग भेट्ने र उनीहरुको आवश्यकता एवम् समस्याहरु संकलन गर्ने यो अभियान निर्वाचन क्षेत्र १ (२) का सबै वडामा सम्पन्न गर्ने उनले […]

भद्रपुरमा चोरीका घटनामा वृद्धि तर प्रहरीमा उजुरी परे पनि चोर पक्रिएन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा चोरीका घटनामा वृद्धि तर प्रहरीमा उजुरी परे पनि चोर पक्रिएन.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ । असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा प्रहरीले चोर भने एकजना पनि नियन्त्रणमा लिन नसक्दा आम नागरिकमा असुरक्षा बढेको हो । घरमा कोही नभएको मौका छोपी दिउँसै […]

डिएसपीहरुको स्वागत र विदाईमा मेचीनगर नगरपालिका

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on डिएसपीहरुको स्वागत र विदाईमा मेचीनगर नगरपालिका.

मेचीनगर । मेचीनगर नगरपालिकाले इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सरुवा भएका डिएसपीलाई बिदाई र नयाँ डिएसपीलाई स्वागत गरेको छ । शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा एक कार्यक्रममार्फत एक वर्ष अघिदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर हालै जनकपुर सरूवा भएका डिएसपी ज्ञानकुमार महतोलाई मायाको चिनो दिँदै विदाई गरिएको हो । त्यस्तै सोही कमान्ड सम्हाल्न मेचीनगर आएका […]

सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न.

गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् । शिविरमा २४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निःशुल्क वितरण गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी […]

सामाजिक सञ्जालले नकारात्मक भावना बढाउँदै, लैङ्गिक हिंसा घरबाटै रोकिनुपर्ने

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सामाजिक सञ्जालले नकारात्मक भावना बढाउँदै, लैङ्गिक हिंसा घरबाटै रोकिनुपर्ने.

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय सकरात्मक र सिर्जनात्मकभन्दा पनि नकरात्मक विषयप्रति मान्छेहरुको ध्यान धेरै गएको सुनाइन् । सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका […]

आम्दा मेची अस्पताल प्रविधिमैत्री बनाइँदै, २२ लाख रुपैयाँभन्दा बढी मूल्यका उपकरण थपिए

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आम्दा मेची अस्पताल प्रविधिमैत्री बनाइँदै, २२ लाख रुपैयाँभन्दा बढी मूल्यका उपकरण थपिए.

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, […]

मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने.

विराटनगर । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज आयोजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेता पनि सञ्चार […]

अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि हिमायन इङ्गलिस एकाडेमीलाई

Published: in खेलकुद, शिक्षा, स्थानीय तह by . Leave a Comment on अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि हिमायन इङ्गलिस एकाडेमीलाई.

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू–२०)को उपाधि हिमायन इङ्गलिस एकाडेमीले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २–१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो । उपाधिसँगै हिमालयनले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उपविजेता धुलाबारी माविले नगद १० […]

रेखा खोलामा पूल निर्माण सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on रेखा खोलामा पूल निर्माण सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पूल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३१९ रुपैयाँको लागतमा पूल निमार्ण भएको हो । ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सो पूल निर्माणका लागि एनके कन्ट्रक्सनले ठेक्का लिएको थियो । पूलको निर्माण […]

बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम

Published: in अर्थतन्त्र, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोश्रो तालिम बुधबारदेखि सुरु गरेको छ । बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका छन् । सो तालिममा कोपोमिस तथा ऋण व्यवस्थापन सम्बन्धी सीप प्रदान गरिने बिर्तामोड नगरपालिका सहकारी तथा सामाजिक […]