Sajhamanch Archive

बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम.

बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम दिइएको सहकारी शाखाका अधिकृत डिल्ली दाहालले जनाएका छन् । बिर्तामोडमा प्रदेश […]

मेचीनगरका जनप्रतिनिधिको स्तुत्य कार्य, विपन्न एवम् मानसिक रोगी धनकुमारको उपचार सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका जनप्रतिनिधिको स्तुत्य कार्य, विपन्न एवम् मानसिक रोगी धनकुमारको उपचार सुरु.

मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको हो । मानसिक रोगी हिंडडुलसमेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घरमा नै सानो खोर बनाएर राखेका थिए । बाहिर राख्दा […]

राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म.

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्राभैंसी पालन केन्द्र रहेको छ । संकटपूर्ण अवस्थामा […]

‘गोल्ड कपको आयोजनाले भद्रपुर नगरकै मुहार फेरिने’

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘गोल्ड कपको आयोजनाले भद्रपुर नगरकै मुहार फेरिने’.

भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघ–संस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड […]

पाण्डे परिवारमा एमालेको समवेदना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पाण्डे परिवारमा एमालेको समवेदना.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा निराकार पाण्डेको शव नेपाल ल्याएर दाहसंस्कार गरेपछि अहिले घरमा नै दशगात्र कर्म चलिरहेको छ । राजनीतिक, सामाजिक तथा व्यवसायिक संघ–संस्थाहरुबाट परिवारजनमा समवेदना गर्न आउनेहरु दैनिक ठूलो संख्या हुने गरेको छ । सोही शिलशिलामा आज बिहीबार नेकपा एमाले जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटीसहित […]

सामुदायिक विद्यालयको रेखदेख, अनुगमन वडाबाट नै गरिनेः वडाध्यक्ष वाग्ले

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सामुदायिक विद्यालयको रेखदेख, अनुगमन वडाबाट नै गरिनेः वडाध्यक्ष वाग्ले.

बुद्धशान्ति । झापाको बुद्धशान्ति वडा नम्बर १ का अध्यक्ष अनिल वाग्लेले आफ्नो वडाका सामुदायिक विद्यालयका बाल कक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरु भएको बताएका छन् । त्रिभुवन माविकोे ६६औँ वार्षिकोत्सवमा आज प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै वडाध्यक्ष वाग्लेले यस्तोे बताएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा […]

बिलिभर्स चर्चले बिर्तामोडमा बाँड्यो ब्ल्याङ्केट

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिलिभर्स चर्चले बिर्तामोडमा बाँड्यो ब्ल्याङ्केट.

बिर्तामोड । बिर्तामोड वडा नं. ४ स्थित कालिका टोलका ५० घर परिवारलाई ब्ल्याङ्केट बितरण गरिएको छ । स्थानीय बिलिभर्स ईस्टर्न चर्च बिर्तामोडले परिवारको आर्थिक अवस्थालाई हेरेर सामाजिक उत्तरदायित्व अन्तर्गत ब्ल्याङ्केट बितरण गरेको बताइएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, चर्चका भिखार जनरल रेभरेन फादर डाक्टर चित्रकुमार रुपाचा, स्थानीयबासी एवम् दलित […]

नदीजन्य वस्तु अवैध उत्खनन गर्ने सवारी साधान कार्वाहीमा, लाखौं राजस्व संकलन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नदीजन्य वस्तु अवैध उत्खनन गर्ने सवारी साधान कार्वाहीमा, लाखौं राजस्व संकलन.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्रहुने अवैध नदी दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउनयता मेची, निन्दा र हडिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही भइरहेको हो । नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा […]

भद्रपुर झापा गोल्ड कपका बारेमा राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल

Published: in खेलकुद, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्ड कपका बारेमा राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल.

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेको छ । छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको पहिलो संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको […]

बाल सुबोधनीको अध्यक्षमा राजवंशी, ११ र १२ कक्षा सञ्चालनको प्रतिबद्धता

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बाल सुबोधनीको अध्यक्षमा राजवंशी, ११ र १२ कक्षा सञ्चालनको प्रतिबद्धता.

मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मुनिलाल राजवंशी चयन भएका छन् । विद्यालयमा मंगलबार आयोजित भेलाले राजवंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजवंशी माओवादी केन्द्र मेचीनगर-१४ का अध्यक्षसमेत हुन् । सदस्य सचिवमा प्रधानाध्यापक विश्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजवंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, […]