कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा दुई महिने निःशुल्क ढाका बुनाई तालिमको उद्घाटन भएको छ । कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी र वडा नम्बर ६ स्थित लखनपुरमा सञ्चालित तालिमको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले उद्घाटन गरिदिएकी छन् । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष न्यौपानेले महिलाहरु आत्मनिर्भर नभएका […]
बिर्तामोड । नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एकजना श्रमिकलाई राहत प्रदान गरिएको छ । केही महिना अघि देउनिया पूलमा भएको ट्रक दुर्घटनामा परेर घाइते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो । श्रमिक हितकोषका संयोजक तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक आज […]
कमल । कमल गाउँपालिकामा बसोबास गर्ने आदिवासी जनजातिका लागि लक्षित ४५ दिनको एडभान्स इलेक्ट्रिसियन तालिम आजबाट सुरु भएको छ । तालिममा आदिवासी जनजातिका संस्थाहरुबाट छनौट गरेर पठाइएका ३५ जना प्रशिक्षार्थी सहभागी छन् । गाउँपालिकाको बजेटबाट सञ्चालन गरिएको तालिमबाट विद्युतीय उपकरणहरु जडान, घर वायरिङ, मर्मत आदि काममा दक्ष बनाउने अपेक्षा राखिएको छ । तालिमको उद्घाटन गर्दै […]
मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । आगामी माघ १६ गतेसम्म सञ्चालन हुने तालिम न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको हो । मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मीना पोखरेल […]
झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालसहितका गैरसरकारी संस्थाहरुले प्रदेश १ का ५ वटा जिल्लाका ३९ वटा पालिकामा शी लिड्स कार्यक्रम सञ्चालन गरिरहेको छ । […]
ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढी गाउँपालिकामा रहेका ११ वटा बाख्रापालक किसान समूहमा समृद्धिले काम गरिरहेको छ । सबै समूहमा किसान र व्यापारीबीच सम्बन्ध […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ का ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत् मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे आज ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुने जेष्ठ नागरिकलाई गाम्छासहित नगद र फलफूल प्रदान गरिएको थियो । […]
झापा । नेपाल जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान झापाले जिल्लाका विभिन्न विद्यालयका विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । माघ २, ३ र ४ गते जिल्लाका विभिन्न एकल विद्यालयहरुमा अध्ययन गर्ने विपन्न बालबालिकाहरुलाई न्यानो कपडा स्वीटर प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष शंकर भट्टराईले दिएको जानकारी अनुसार माघ २ गते हल्दिबारी गाउँपालिका जलथलको लक्ष्मीनारायण […]
झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा आज बालमैत्री स्थानीय शासन वडासमिति गठन गरिएको छ । वडालाई बालमैत्री बनाउने उद्देश्य अनुसार आज एक कार्यक्रमका बीच वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिति घोषणा गरिएको हो । समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार एवं शिक्षा सहकारीका अध्यक्ष […]
कनकाई । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बुधबारदेखि सुरुङ्गामा सेवाकेन्द्र सञ्चालन गरेको छ । कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरिदिएका हुन् । सो अवसरमा मन्तब्य राख्दै वडाध्यक्ष चम्लागाईंले कानूनतः एक व्यक्ति एउटा मात्र सहकारीको सदस्य हुनुपर्ने हो तर मानिसहरु धेरैवटा […]