Sajhamanch Archive

प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताः उद्घाटन खेलमा दमकको विजयी सुरुवात

Published: in खेलकुद, मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताः उद्घाटन खेलमा दमकको विजयी सुरुवात.

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिकाले विजयी सुरुवात गरेको छ । दमक र भद्रपुर नगरपालिकाका बीचमा उद्घाटन खेल भएको थियो । खेलमा दमकले […]

चम्लागाईं गए मुख्यमन्त्रीको कार्यालय, मेचीनगरमा दाहाल आउने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चम्लागाईं गए मुख्यमन्त्रीको कार्यालय, मेचीनगरमा दाहाल आउने.

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् । ८ महिनादेखि मेचीनगरमा कार्यरत राजकपुर चम्लागाईको प्रदेश १ मुख्यमन्त्रीको कार्यालयमा सरुवा भए पछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेको बताइएको छ । मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा गणेश दाहाल आउने भएका छन् । झापाको बिर्तामोड नगरपालिकाबाट पाँचथरको फिदिम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा […]

कलवलगुरीमा निर्मल वान्तवा स्मृति कप माघ ७ गतेदेखि सञ्चालन हुने

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कलवलगुरीमा निर्मल वान्तवा स्मृति कप माघ ७ गतेदेखि सञ्चालन हुने.

भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक समितिले खेल तयारी बारे जानकारी दिँदै सोमबार गरेको अन्तरक्रियामा दिइएको जानकारी अनुसार माघ १४ गते समापन […]

तरुल उत्सवमा लिङ्गेपिङका उत्कृष्टलाई पुरस्कार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on तरुल उत्सवमा लिङ्गेपिङका उत्कृष्टलाई पुरस्कार.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले उत्सव आयोजना गरेको हो । हेपिएको पौष्टिक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंङ फुडको अन्त्य गर्दै अर्गानिक […]

गौरादहका तीन सहकारी एकीकरणको अन्तिम चरणमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on गौरादहका तीन सहकारी एकीकरणको अन्तिम चरणमा.

गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा शनिबार तीनवटै संस्थाको प्रतिनिधिमुलुक संयुक्त एकीकरण साधारण सभा सम्पन्न भएको हो । माघ […]

बुधबारेमा रेडक्रस परिचय सम्बन्धी कार्यक्रम सम्पन्न

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बुधबारेमा रेडक्रस परिचय सम्बन्धी कार्यक्रम सम्पन्न.

बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारेले उपसमिति तथा नयाँ सदस्यहरुलाई शनिबार रेडक्रस परिचय तथा अन्तरक्रिया सम्पन्न गरेको छ । उपशाखाका सभापति पुष्पराज भट्टराईको सभापतित्वमा बुधबारेमा आयोजित सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडाध्यक्षहरु अनिल वाग्ले र डेगेन्द्र कार्की, बुद्ध आदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारी तथा सामाजिक […]

अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा समदर्शी सर्वसम्मत

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा समदर्शी सर्वसम्मत.

अर्जुनधारा । अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी चयन भएका छन् । क्लबको शनिबार सम्पन्न प्रथम साधारण सभाको बन्दसत्रले आगामी तीन वर्षका लागि समदर्शीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि उनी उपाध्यक्ष थिए । प्रेस क्लबको उपाध्यक्षमा प्रेमकुमार आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगु लिम्बू चयन भएका छन् । […]

दमकको नमूना बजारमा आगलागी, ९ वटा पसलका सामान जलेर खरानी

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on दमकको नमूना बजारमा आगलागी, ९ वटा पसलका सामान जलेर खरानी.

दमक । दमक नगरपालिका वडा नं. ६ मा रहेको नमूना बजारमा आगलागी भएको छ । सो बजारका नौ वटा पसलमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको वडाअध्यक्ष टेकबहादुर थापाले जनाएका छन् । आज राति करिब २ बजेतिर आगलागी भएको थाहा भएको हो । आगलागीबाट पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएका छन् । मुख्य बजार भएकाले […]

भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौका झापालीको प्रतिबद्धता

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौका झापालीको प्रतिबद्धता.

झापा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंबासी झापालीहरुले […]

बाह्रदशी जेसीजको अध्यक्षमा उप्रेती चयन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी जेसीजको अध्यक्षमा उप्रेती चयन.

बाह्रदशी । बाह्रदशी जेसीजको दोस्रो वार्षिक साधारण सभाले सन् २०२३ का लागि लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालको प्रमुख आतिथ्य तथा सुरूङ्गा जेसीजका पूर्वअध्यक्ष कुमारमणि पोखरेल र पूर्वअध्यक्ष शिवकुमार कडेँलको विशेष आतिथ्यमा सम्पन्न सभाले कार्यकारी उपाध्यक्षमा प्रकाश फुँयाल र तीर्थप्रसाद काफ्लेलाई निर्विरोध चयन गरेको हो । यस्तै […]