बुधबारे । बुधबारे जेसीजको १०औं पदहस्तान्तरण कार्यक्रम एवम् पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईले नवनिर्वाचित अध्यक्ष अर्जुन ढकाललाई जेसीज चेन लगाएर पद हस्तान्तरण गरेका हुन् । निवर्तमान अध्यक्ष मुकेश भट्टराईलाई वर्ष २०२० का अध्यक्ष एवंम् निर्वाचन आयुक्त अनिल वाग्लेले सपथ ग्रहणका लागि अनुमति दिएका थिए । अध्यक्षको पदभार […]
मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले आज ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]
कमल । बालमैत्री स्थानीय शासन लागू गरेर मात्र होइन, त्यसको दिगोपनका लागि सरोकारवालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुको धारणा छ । झापाको कमल गाउँपालिका वडा नं. ७ कार्यालयले बालमैत्री स्थानीय शासनको दिगोपनको लागि सरोकारवालाहरु बीच आज गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । बालमैत्री वडा घोषणा पश्चात बालबालिकाको […]
कनकाई । झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवम् शारिरीकरुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रमको रुपमा […]
भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका पीडितहरुले न्यायोचित समाधानको बाटो अझै नपाएको गुनासो छ । झापा कारागारको क्षमता ३ सय ५० जना हो, तर अहिले एक […]
अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट उनकी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो । घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराजले पुष २६ गते […]
झापा । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक गैरसरकारी संस्थाको सुरुवात गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहने गरी सोही वडाबासीको अग्रसरतामा बिर्तामोड नगरलाई कार्यक्षेत्र बनाएर सेवा गर्ने गरी संस्था स्थापनाको भएको हो । संस्थाको प्रारम्भिक खाका बनाई तदर्थ समिति गठन गरिएको […]
झापा । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल सरकारको लक्ष्य अगावै बालमैत्री स्थानीय तह निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले आआफ्नो स्थानीय तहमा बालबालिका सम्बन्धी ऐन, […]
बिर्तामोड । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम बिर्तामोड ७ मा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ को मियावाडीमा पुष १८ गतेदेखि आयोजना गरेको ७ दिने तालिम २५ गते सम्पन्न भएको हो । तालिममा सहभागीहरुलाई वडाअध्यक्ष कृष्णप्रसाद खरेलले प्रमाण […]
बिर्तामोड । दुईपटक मुलुककै सर्वोत्कृष्ट खानेपानी संस्थाको रुपमा पुरस्कृत भएको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका पूर्वअध्यक्ष टोरुप प्रसाईको प्रमुख आतिथ्यमा आज साधारणसभा गरिएको हो । साधारणसभामा अध्यक्ष जलकुमार गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी […]