भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरले पनि स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति पर्यटकीय क्षेत्रको पहिचान लगायतका विषयवस्तु समेटर पाठ्यक्रम तयार गरी यसै शैक्षिक वर्षबाट लागू गरिएको हो । नगरपालिकाले चालू शैक्षिक सत्रमा कक्षा १ देखि ८ कक्षासम्म ‘भद्रपुरको सेरोफेरो’ […]
भद्रपुर । ५० औं विश्व वातावरण दिवशको अवसर पारी झापा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरी र्याली निकाल्दै विविध चेतनामुलक कार्यक्रम गरिएको छ । भद्रपुर नगर वातावरण शाखाको नेतृत्वमा वन तथा वातावरण सम्बद्ध विभिन्न संघ संस्थाले सामुहिक कार्यक्रम अन्र्तगत चन्द्रगढीमा प्रभातफेरी र्यालीसहित विविध कार्यक्रम गरेका हुन् । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा भद्रपुर १० लेखनाथ चोकबाट सुरू […]
झापा । जहाँ उनी छन्, त्यहाँबाट धेरै टाढा छैन, सशस्त्र प्रहरीको सुरक्षा जाँच चौकी । अनि नजिकै छ, देशकै ठूलो र अत्याधुनिक क्यासिनो भेगास र पाँचतारे होटल मेची क्राउन । उनी बसेको भुईंभन्दा ठीक अघिल्तिर छ, स्थानीय जनताको ‘सिंहदरबार’ अर्थात स्थानीय सरकारको कार्यालय । पाँचतारे र सिंहदरबारको मध्यविन्दुमा छन् उनी । देशकै व्यस्त सडक ‘महेन्द्र […]
झापा । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्ने गरी रुख विरुवा रोप्न आग्रह गरिएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको हो । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताएकी […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ सिम्लेमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई लक्षित गरी मेची सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको तरकारी खेती सम्बन्धी तीन दिवसीय तालिम आज सम्पन्न गरिएको छ । तालिममा ३० जना महिलाको सहभागिता थियो । तालिमको सहजीकरण कृषि प्राविधिक टंक कट्टेलले गरेका हुन् । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लैनबहादुर […]
भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप […]
धरमपुर (शिवसताक्षी) । झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १ धरमपुरमा पर्ने तेतिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको आज शनिबार उद्घाटन गरिएको छ । तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को सीमानमा पर्ने (हाल शिवसताक्षी नगरपालिका वडा नम्बर १) मा रहेको तेलिया खोलामा निर्माण सम्पन्न भएको ट्रस पूलको वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ […]
लालझोडा (शिवसताक्षी) । त्यो रातको दर्दनाक घटना, एकै परिवारका चारजनाको सुतेकै ठाउँमा जलेर मृत्यु भएको दिन । घटना २०७५ साल मंसीर १० गतेको हो । आज त्यो स्थान देख्दा पनि धेरैको मन अतासिन्छ । सुन्दै भयानक घटना, देख्ने र भोग्नेहरुका लागि झन् कति पीडादायी थियो त्यो समय । घर खरानीमात्र भएन, लक्ष्मण खनाल र उनको […]
बिर्तामोड । यहाँका ज्येष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा समितिको आयोजनामा बिर्तामोड १ का ९० वर्षभन्दा बढी उमेरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर चौहान, धरणीप्रसाद प्रसाई, हिमामाया प्रसाई, गंगादेवी बुढाथोकी, जानुकादेवी सेढाई, जयनारायण शिवाकोटी, लक्षिमा खरेल, ठगीमाया तामाङ र धनमाया ओझा हुन् । […]
भद्रपुर । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन सुरू भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने मूल नाराका साथ भद्रपुरमा प्रथम नगर सम्मेलन २०८० सुरू भएको हो । भद्रपुर नगर युवा परिषद्को आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने प्रथम युवा सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषदका कार्यकारी […]