Sajhamanch Archive

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा.

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए । विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने उनको भनाइ छ । […]

सडक खाली नगराई राष्ट्रपति संसद भवन जाने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on सडक खाली नगराई राष्ट्रपति संसद भवन जाने.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी सामान्य तरिकाले संसद भवन जाने भएका छन् । यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो । तर यसपटक सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने र संसद […]

नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मिया पनि पक्राउ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मिया पनि पक्राउ.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र […]

अष्ट्रेलियन सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on अष्ट्रेलियन सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियन सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्। भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। आज बिहान निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए। प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त […]

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत.

काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत […]

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो.

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले […]

कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा.

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ। उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादा विपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ। काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि […]

प्रहरी हिरासतको शौचालयमा लडेर आङटावा घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रहरी हिरासतको शौचालयमा लडेर आङटावा घाइते.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आङटावा शेर्पा हिरासतकै शौचालयमा लडेर घाइते भएका छन् । आज मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको प्रहरीले जनाएको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि […]

राप्रपा केन्द्रीय समितिको बैठकमा भाँडभैलो, अध्यक्ष लिङ्देन रिसाए, बैठकको माहोल बिग्रियो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राप्रपा केन्द्रीय समितिको बैठकमा भाँडभैलो, अध्यक्ष लिङ्देन रिसाए, बैठकको माहोल बिग्रियो.

फाइल तस्वीर काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो । हिजो सोमबारदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आज आफ्नो […]

भद्रपुर भन्सार मुआब्जाका लागि आंशिक रकम निकासा

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर भन्सार मुआब्जाका लागि आंशिक रकम निकासा.

भद्रपुर । भन्सार कार्यालय निर्माणका लागि जग्गा अधिग्रहणमा परेका तर लामो समयदेखि मुआब्जा नपाएका पीडितका नाममा सरकारले पहिलो चरणमा आंशिक रकम निकासा गरेको जनाइएको छ । घर जग्गा भन्सार कार्यालयले अधिग्रहण गरेर पनि मुआब्जा नदिँदा अन्यायमा परेका पीडितको न्यायका लागि भद्रपुर नगरपालिका नेतृत्वले अर्थमन्त्रालयमा ध्यानाकर्षण गराएपछि मुअब्जा रकम विनियोजन भएको जनाइएको हो । नगरप्रमुख गणेश […]