Sajhamanch Archive

केरखा दूर्घटनामा एकको मृत्यु, दुई घाइते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on केरखा दूर्घटनामा एकको मृत्यु, दुई घाइते.

केरखा । ट्राफिक नियमसमेतको उल्लंघन गरी सवारी चलाउने एकजना युवकको आज बिहान सडक दूर्घटनामा परेर मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गएको ना ४ ख ७५०९ नम्बरको बसले को ९ प ८१५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दूर्घटनामा २१ वर्षीय सुमन सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ८ बजे कमल गाउँपालिका […]

सशस्त्र प्रहरीले गरे आफ्नै श्रीमतीको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सशस्त्र प्रहरीले गरे आफ्नै श्रीमतीको हत्या.

कञ्चनपुर । धान रोप्न खेतमा गएकी श्रीमतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीमा कार्यरत सहायक हवल्दार केशव कार्कीले टाउकोमा हिर्काएर आज बिहान हत्या गरेका छन् । घर बिदामा आएका सहायक हवल्दार कार्की र उनकी श्रीमती २७ वर्षीया सीता बिहानसँगै खेतमा काम गर्न गएका थिए । तर खेतमा धान रोपिरहेकी श्रीमती सीताको टाउकोमा हिर्काएर प्रहरी हवल्दार […]

देशभर मनसुन सक्रिय हुँदै, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन मौसमविद्ले आग्रह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on देशभर मनसुन सक्रिय हुँदै, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन मौसमविद्ले आग्रह.

काठमाडौं । देशभर मनुसुन सक्रिय हुन थालेको छ । अब देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय हुने क्रममा रहेकाले गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । सिमरा, पोखरा, गोरखा, भैरहवा, काठमाडौं लगायत ठाउँमा जमिन भिज्ने गरी पानी परेको मौसमविद्ले बताएका छन् ।  मौसमवि सुवास रिमालका अनुसार आज देशभर […]

प्रेमीसँग मिलेर श्रीमानको भीरबाट खसालेर हत्या

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रेमीसँग मिलेर श्रीमानको भीरबाट खसालेर हत्या.

कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते […]

अभिभावकले गरे विद्यालयमा तालाबन्दी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अभिभावकले गरे विद्यालयमा तालाबन्दी.

धनगढी ।  कैलालीको घोडाघोडी नगरपालिका–४ गणेशपुरमा रहेको सीता कुण्डा माध्यमिक विद्यालयमा सोमबार अभिभावकले तालाबन्दी गरेका छन्। विद्यालयको निर्माणधीन भवनमा पुराना इँटा प्रयोग भएको, पाँच वर्ष पहिले विद्यालयले लगाएको महायज्ञको आय–व्यय सार्वजनिक नगरेको भन्दै अभिभाकले तालाबन्दी गरेका हुन्। माग सुनुवाइ नभएसम्म ताला नखोल्ने स्थानीय झंकरबहादुर शाहले बताए। ‘नयाँ भवन निर्माणका लागी जिल्ला शिक्षा कार्यालय कैलालीले १६ […]

एसईई पूरक ग्रेडवृद्धि साउन २३ देखि, ‘सी’ देखि तलकाले परीक्षा दिन पाउने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एसईई पूरक ग्रेडवृद्धि साउन २३ देखि, ‘सी’ देखि तलकाले परीक्षा दिन पाउने.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी’ वा सोभन्दा तलको ग्रेड ल्याउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीका लागि पूरक ग्रेडवृद्धि परीक्षा लिने भएको छ। परीक्षा साउन २३ देखि भदौ २ गतेसम्म हुनेछ। परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको […]

पहिरो खस्दा बागलुङमा एकै परिवारका ३ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पहिरो खस्दा बागलुङमा एकै परिवारका ३ जनाको मृत्यु.

काठमाडौं । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए […]

३३ केजी सुन तस्करी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दर्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ३३ केजी सुन तस्करी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दर्ता.

विराटनगर । ३८ सय किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्या हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित १३ जना अभियुक्तले जिल्ला अदालत मोरङको आदेश विरुद्ध १७ नम्बरको उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेका छन्। उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेशको चित्त नबुझेपछि सादा तारिकमा छाड्न माग राख्दै उनीहरूले उच्च अदालतको […]

विपद् व्यवस्थापन पूर्व तयारी विषयक अन्तरक्रिया

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विपद् व्यवस्थापन पूर्व तयारी विषयक अन्तरक्रिया.

कमल । झापाको कमल गाउँपालिकामा बाढीबाट हुने उच्च जोखिम र विपद् व्यवस्थापनको पूर्व तयारीका विषयमा जनप्रतिनिधी र सरोकारवाला निकायहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । कमल गाउँपालिकको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको व्यवस्थापनमा सम्पन्न विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्वन्धि जनप्रतिनिधी तथा सरोकारवालाहरु अन्तरक्रिया भएको हो । झापाका १५ वटा स्थानिय तहमध्ये कमल लगायत, […]

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु.

सुनसरी । जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बराह नगरपालिका ९ ढोलबज्याङ बस्ने सत्यनारायन चौधरीको ५० वर्षकी श्रीमती भुनियादेवी चौधरीलाई आइतबार राति जंगली हात्तीले आक्रमण गरेको थियो। चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी प्रकाशपुरले जनाएको छ। चौधरीलाई भैँसी गोठमा बसिरहेको अवस्थामा हात्तीले आक्रमण गरेको र उपचारका विपी कोइराला स्वास्थ्य […]