Sajhamanch Archive

प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल आजबाट दमकमा सुरु हुँदै

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल आजबाट दमकमा सुरु हुँदै.

झापा ।  दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिएका हुन् । प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा ४ बजेदेखि सुरु हुनेछ । वाग्लेका अनुसार आज बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता […]

पूर्वप्रधानमन्त्रीमाथिको अभद्र ब्यवहार भत्सर्नायोग्यः एमाले

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पूर्वप्रधानमन्त्रीमाथिको अभद्र ब्यवहार भत्सर्नायोग्यः एमाले.

झापा । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी उहाँमाथिको अभद्र ब्यवहार र सवारीमाथि ढुंगा प्रहार भएको घटनालाई एमाले झापाले भत्सर्नायोग्य भनेको छ । जिल्ला अध्यक्ष दिपक कार्कीले बुधबार साँझ विज्ञप्ति प्रकाशन गरी ‘प्रदेश नम्बर १ लाई निर्वाचित प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण […]

एमाले अध्यक्ष ओली इलाममा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले अध्यक्ष ओली इलाममा.

इलाम। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम आइपुगेका छन्। भोलि (वैशाख १४) इलाम सदरमुकाममा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न ओली आज आएका हुन्। उनी आज सूर्योदय नगरपालिकामै बास बस्ने एमालेले जनाएको छ। सदरमुकामको गौतमबुद्ध सभागृह (सिटी हल)मा आयोजना गरिने बैठकमा उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमेत सहभागी […]

नेपालमै सुरू भयो सामसङ ब्रान्डको टेलिभिजन उत्पादन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमै सुरू भयो सामसङ ब्रान्डको टेलिभिजन उत्पादन.

काठमाडौं । सामसङ ब्रान्डले नेपालमै टेलिभिजन उत्पादन सुरू गरेको छ । हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङले नवलपरासीमा टेलिभिजन कारखाना नै स्थापना गरेर उत्पादन सुरू गरेको हो । टेलिभिजन उत्पादन गर्ने कारखानाको उद्घाटन बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण/पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्त रुपमा गरेका छन् । […]

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुको माइतीघर मण्डलामा प्रदर्शन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुको माइतीघर मण्डलामा प्रदर्शन.

काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा […]

कित्ताकाट खुलाउने मन्त्रिपरिषद् निर्णयले पाएन वैधता, सरकारको निर्णय गलत !

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on कित्ताकाट खुलाउने मन्त्रिपरिषद् निर्णयले पाएन वैधता, सरकारको निर्णय गलत !.

काठमाडौँ । जग्गा कित्ताकाट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाइएको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार जग्गा कित्ताकाट सम्बन्धी विषयलाई समितिमा पठाउने निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले बताए । यही वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । ‘भू–उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने […]

करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएनन्

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएनन्.

काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षकहरूको पेन्सन रोकिएको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएकाले पेन्सन भुक्तानी भएको छैन । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार ३०८ छ, त्यसमध्ये करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएका छैनन् । राजस्व असुली कम भएकाले अर्थ मन्त्रालयले पेन्सन बापतको रकम निकासामा ढिलाइ गरेको […]

सरकारले एक ठेकदारले ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले एक ठेकदारले ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउँदै.

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा अर्को संशोधनको गृहकार्य थालेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकले नियमावलीको बाह्रौं संशोधनले गरेका व्यवस्थामा संशोधन आवश्यक रहेको ठहर गरेको हो । १२ औं संशोधनले एउटा निर्माण व्यवसायीले अधिकतम ५ वटा ठेक्का मात्र लिन पाउने गरी सीमा तोकेको थियो । तर, कतिपय साना कार्यमा […]

नेकपा एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा गरिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा गरिँदै.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताएका छन् । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान […]

कोशी प्रदेशमा सरकार नछाड्ने माओवादी संकेत

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशमा सरकार नछाड्ने माओवादी संकेत.

विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन)सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिसक्यो भने एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकार आइतबार र लुम्बिनी प्रदेश सरकार सोमबार मात्र […]