काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह […]
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको उल्लेख छ । यस्तै, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत ७ गते ६ घण्टा बन्द हुने भएको छ। विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गरी वैशाख ७ गते बिहानको राति १ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण बन्द रहने जनाएको हो । विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धी गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले […]
कपिलवस्तु। कपिलवस्तुमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान थालिएको छ। विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाइन काट्ने अभियान चलाएको हो। ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल नबुझाउनेको लाइन काटिएको हो। पटकपटक सूचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाइ नभएपछि आफूहरूले लाइन काट्ने […]
काठमाडौं । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै […]
भद्रपुर । सहारा नेपाल बिर्तामोडको मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासँग परियोजनाबारे छलफलका लागि बैठक गरिएको हो । सहारा नेपालले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने र कार्यक्रम बारे सरोकारवालसँग सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको […]
काठमाडौं । आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले तीन वटा जहाज किन्ने भएको छ । जहाज खरीदको प्रयोजनका लागि निगम व्यवस्थापनले एक उपसमिति गठन गरी अध्ययन गरेको थियो । सो समितिले आफ्नो प्रतिवेदन निगम सञ्चालक समितिमा पेश गरेको थियो । त्यसपछि सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरी जहाज खरीद […]
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । तेह्रौं अधिवेशनको १७औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक […]
काठमाडौँ। नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे। राजदूत श्रीवास्तवले मन्त्री […]