काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा […]
काठमाडौँ । आज बुधबार सेयर बजारमा ९२ अंकको वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशत अर्थात ९२.२ अंक बढेर १९६३ अंकमा पुगेको हो । परिसूचक मात्रै नभई कारोबार रकमसमेत बढेको छ । आजमात्रै बैंकर्स संघले वैशाखदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । कारोबार रकम अघिल्लो […]
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बिहान बसेको बैंकर्स संघको बैंठकले १ वैशखबाट लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताएका छन् । १ वैशाखबाट व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन भइरहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदान कार्य बिहान ८ बजेदेखि सुरु भएको छ भने अपराह्न ४ बजेसम्म मतदान जारी रहनेछ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति […]
काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष)गर्न जानेलाई पनि एनओसी दिँदै […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ । महासंघको विधान अनुसार […]
झापा । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन तथा दक्षिण एशियाली किसान सम्मेलन आयोजनाको तयारी पूरा भएको छ । चैत २९ गते दक्षिण एशियाली किसान सम्मेलन र चैत ३० गते अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन समुद्घाटन हुने गरी तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष बेनुप्रसाद […]
झापा । बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व सन्तोष अग्रवाललाई नेपालकै पुरानो व्यावसायिक संगठन नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ । चेम्बर अफ कमर्सको ७२र्औं साधारणसभाको अवसरमा चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष एवम् सन्तोष भेराइटिजका सञ्चालक अग्रवाल सम्मानित भएका हुन् । उनलाई काठमाडौंमा आयोजित साधारणसभा समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले कदरपत्र प्रदान गरे […]
नेपालगञ्ज । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजबाट नेपालगञ्जमा सुरु हुँदैछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो महाधिवेशनको समुद्घाटन गर्ने कार्यसूचि रहेको छ । महाधिवेसन उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिएका छन् । आज २७ गतेदेखि पर्सी […]
कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको हो। हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन्। हुलाकी सडकको किनारै […]