Sajhamanch Archive

२०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on २०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी.

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ का लागि झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाई झापाको विवरण अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका हुन् । एसईई परीक्षाका लागि झापामा ५६ वटा परीक्षाकेन्द्र रहेका छन् । सामुदायिक विद्यालयतर्फ १२७ वटा र सस्थागततर्फ २३९ गरी […]

सार्वजनिक जग्गाको स्वामित्व प्रतिष्ठानको नाममा ल्याउन पहल सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सार्वजनिक जग्गाको स्वामित्व प्रतिष्ठानको नाममा ल्याउन पहल सुरु.

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आफूले चर्चेको जग्गा आफ्नो नाममा दर्ता गराउन नगरपालिकालाई सिफारिस माग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको प्रमाणपत्रहरु जुटाई मेचीनगर नगरपालिकाबाट सिफारिस लिई राष्ट्रिय आवास कम्पनीसँग जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा […]

इलाम कारागारबाट थुनुवा साइँला फरार !

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on इलाम कारागारबाट थुनुवा साइँला फरार !.

इलाम । कोशी प्रदेश अन्तरगत इलाम जिल्लाको सदरमुकाममा रहेको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नं. ३ बाहुनडाँगीका ३४ वर्षीय साइँला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीँबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ । हिजो बिहीबार […]

प्रचण्ड मन्त्रिपरिषद् सातौं पटक पुनर्गठन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड मन्त्रिपरिषद् सातौं पटक पुनर्गठन.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएका उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण […]

गठबन्धन सरकारले टुङ्ग्यायो मन्त्रालयः कुन पार्टीले कुन कुन मन्त्रालय पाउँछन् ?

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गठबन्धन सरकारले टुङ्ग्यायो मन्त्रालयः कुन पार्टीले कुन कुन मन्त्रालय पाउँछन् ?.

काठमाडौँ । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको बैठकमा सहभागी एक नेताले बताएका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ […]

आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर १२३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त […]

स्वर्णिम वाग्लेले कांग्रेस छाडे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on स्वर्णिम वाग्लेले कांग्रेस छाडे.

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् । ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता […]

संघाई ग्रुपलाई कर तिराउन ६ वटा पालिका सरकार कस्सिए

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on संघाई ग्रुपलाई कर तिराउन ६ वटा पालिका सरकार कस्सिए.

मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमुखहरुको बैठक भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र संघाई ग्रुपका पुरुषोत्तम लाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानीय तहलाई कर नबुझाएको पाइएको हो । कर असुलीका लागि झापाको […]

नारी सञ्चार गृह झापाको नयाँ नेतृत्व सर्वसम्मत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नारी सञ्चार गृह झापाको नयाँ नेतृत्व सर्वसम्मत.

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको मंगलबार बिर्तामोडमा सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित भएका छन् । […]

बन्दुकको छर्रा लागेर ताप्लेजुङमा एक ५८ वर्षीय पुरुषको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बन्दुकको छर्रा लागेर ताप्लेजुङमा एक ५८ वर्षीय पुरुषको मृत्यु.

ताप्लेजुङ। सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका वडा नं. ३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका हुन् । प्रहरी निरीक्षक […]