झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । सत्ताका लागि राजनीतिक गठबन्धन फेरिरहने बानीपरेका पुष्पकमल दाहालले जनताले खाने अनाज उत्पादन गर्ने नेपाली किसानको ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिको विरोध गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले सोमबार मलमा दिइएको अनुदान घटाएर मूल्य समेत […]
काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर आफ्ना मन्त्रीहरुलाई राजीनामा गराएको थियो । एमाले महासचिव शंकर पोखरेलले आज संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय […]
बिराटनगर । सहकारी संस्थाका शेयर सदस्यहरूको ठूलो राशिको रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका तीनजना जिम्मेवारहरु पक्राउ परेका छन् । सो संस्थाका क्षेत्रीय प्रबन्धकसहित दुईजना जिम्मेवार सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको […]
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिलाकुमारी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ । उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको उनले बताएकी छन् […]
काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित भएका छन् । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई आज सोमबार उपनेतामा मनोनित गरेका हुन् । २०७४ सालको चुनावपछि पनि नेम्वाङ नै एमाले संसदीय दलको उपनेता बनेका थिए । इलाम २ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन […]
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार दिउँसो १ बजे शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा […]
झापा । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुईजना शिक्षक सहभागी हुने भएका छन्। अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा यही मार्च २१ देखि २४ तारिखसम्म संचालन हुने टिसोल कन्भेन्सनमा झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई र जेनी राई सहभागी हुने भएका हुन्। टिसोल (टिचिङ इंग्लिस टु स्पिकर अफ ओदर ल्यांग्वेज) एक विश्वस्तरको अंग्रेजी भाषा शिक्षकहरूको […]
काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा […]
काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो । फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज […]