सिन्धुली । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रहरीमार्फत् आफूले उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको जानकारी पाएको बताएकी छन् । प्रमुख जिल्ला अधिकारी नेपालका […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा नगरका १५ जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर युक्त नगर बनाउने अभियानको शुभारम्भ […]
झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव आज देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु हेर्ने इलाका कार्यालयले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक सुबास गौतमको अध्यक्षतामा सम्पन्न […]
काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालको तर्फबाटे पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै १० दलीय सत्ता गठबन्धनबाट तीन जनाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । […]
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगको आज शुक्रबार बसेको बैठकले दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो । राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि फरक लिंग र समुदायको उम्मेदवार बनाउन निर्देशन दिएको आयोगले जनाएको छ। संविधानको […]
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो । ‘संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय […]
भद्रपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्राकृतिक स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्तरक्रियामा सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएको अवसरमा आज आयोजित कार्यक्रममा उनले भने […]
काठमाडौँ । जनता समाजवादी पार्टीले राम सहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको आज बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिएका छन् । पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा आज भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । […]