झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ आज सम्पन्न भएको छ । गत फागुन ५ गतेदेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्ली सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदप्रसाद अग्रवाल, व्यवसायीहरु […]
झापा । दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ। आईसीसी यू–१९ विश्वकपको एशिया छनोटमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल छनोट भएको हो। नेपालले यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा छनोट भएको हो। अन्तिम तीन ओभरमा यूएईलाई ११ रन आवश्यक थियो। ४८औं ओरमा आएका दिपेशले पहिलो बलमा एक रन दिए। […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । […]
काठमाडौं । नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । एकीकृत समाजवादीका […]
काठमाडौँ । किसानलाई मर्कैमर्का । उपभोक्तालाई हाताहाती नगदमा उत्पादन बेच्ने दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई ५० करोड भुक्तानी गरेको छैन । व्यवस्थापकीय कमजोरीले पर्याप्त दूध संकलन गर्न नसकेको संस्थान चुहावट नियन्त्रणमा पनि असफल छ । संस्थानको सञ्चित नोक्सान ८७ करोड पुगेको छ । संस्थानले दूध संकलन गर्ने देशभरका १२ सय दुग्ध उत्पादक सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता […]
काठमाडौँ । नेपाल सरकारले विदेशीलाई हिँडडुल समेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न भारत अग्रसर भएको छ । तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेका कारण मुस्ताङको फल्याक क्षेत्र संवेदनशील मानिन्छ । अहिले त्यही क्षेत्र छानेर आयोजना बनाउन भारतीय दूतावासले नेपाल सरकारसँग अनुमति मागेको छ । खम्पा विद्रोह नियन्त्रणका लागि सरकारले २०२८ सालमा […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाई बुधबार नियुक्त गरेको छ । एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि नेपाली टिमका प्रशिक्षक रहेका कुवेतका अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएपछि यो पद खाली रहेको थियो । त्यसपछि भएका […]
विराटनगर । हालसम्म प्रदेश नं. १ भनिँदै आएको सातवटा प्रदेश मध्ये सबैभन्दा पूर्वको भूगोलको नाम अब कोशी हुने भएको छ । प्रदेशको नाम कोशी राखियोस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको हो । अब कोशी प्रदेशको विषयमा प्रदेशसभामा छलफल हुनेछ । एमालेका प्रदेश सभा सदस्य रामकुमार राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्तावलाई […]
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सञ्चार माध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् । आज बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षतासँग जोडिएका कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा परेर रोकिएको भन्दै तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको […]
विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभा बैठक जारी रहेको छ । प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ । […]