झापा । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहीबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको […]
झापा । प्रतिनिधि सभामा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनको कार्यक्रम लिएर झापा आउँदैछन् । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन् । सभामुखमा निर्वाचित भए पछि उनी पहिलोपटक गृहजिल्ला आउन लागेका […]
काठमाडौं । दर्ता भएको महाअभियोग प्रस्ताव टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा यस्तो प्रस्ताव अर्को प्रतिनिधिसभामा लैजाने सहमति भएको छ । मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग प्रस्ताव दर्ता भएमा त्यसलाई निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा पेश गर्ने सहमति भएको हो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा ५ महिनाभन्दा कम […]
झापा । चन्द्रप्रसाद घिमिरेद्वारा नेपालीमा अनुदित श्रीमद्भागवत महापुराणको आज विमोचन गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तकको विमोचन गरेका हुन् । शिवसताक्षीस्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । संस्कृत भाषामा लिखित श्रीमद्भागवत […]
भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक गरिएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा […]
२०० स्टल रहने, ४ विदेशी मुलुुका व्यवसायीको स्टल रहने, सभामुख घिमिरेले उद्घाटन गर्ने झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने विश्वास व्यक्त गरेका छन् । महोत्सव आयोजक समितिले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष ढकालले भने, ‘महोत्सवले […]
काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेट दुई देशको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित भएको जनाइएको छ । प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले […]
विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन्। टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाको दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाको दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (१) का प्रदेश सांसद गोपाल तामाङले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले बैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम […]
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गत […]