Sajhamanch Archive

रारा राष्ट्रिय म्यूजिक अवार्ड प्रदान

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रारा राष्ट्रिय म्यूजिक अवार्ड प्रदान.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरेकी छन् । सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक तथा सङ्गीतकार संस्कृतिविद् नन्दकृष्ण जोशी र समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका हुन् । कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रालिद्वारा काठमाडौंको सभागृहमा आयोजित रारा राष्ट्रिय म्यूजिक अवार्ड– २०७९ […]

श्रममन्त्री संलग्न म्यानपावर विरुद्ध विभागमा ठगी उजुरी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on श्रममन्त्री संलग्न म्यानपावर विरुद्ध विभागमा ठगी उजुरी.

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मनालाल महतासहित ७ जनाले मलेसियामा रोजगारीमा जाँदा ठगिएको भन्दै श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्ध क्षतिपूर्तिका लागि उजुरी गरेका थिए […]

सभामुखमा एमाले सांसद घिमिरे पक्का !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखमा एमाले सांसद घिमिरे पक्का !.

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएसँगै जीत कसको हुने भन्नेमा लगभग प्रष्ट देखिन्छ । भरखरै बनेको एमाले नेतृत्वको गठबन्धनमा १६० सांसद रहेकाले गठबन्धनका उम्मेदवार घिमिरेको जीत पक्काजस्तै भएको छ । उम्मेदवारी मनोनयन प्रक्रियामा दुईजना उम्मेदवार बनेपछि भोलि मतदानबाटै टुङ्गो लाग्ने भए पनि जोड […]

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ.

बुटवल । लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ […]

नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले समामुखमा उम्मेदवारी दिने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले समामुखमा उम्मेदवारी दिने.

काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

एमालेबाट देवराज घिमिरेले गरे सभामुखमा मनोनयन दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on एमालेबाट देवराज घिमिरेले गरे सभामुखमा मनोनयन दर्ता.

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् ।  संसद् सचिवालयमा आज उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश १ […]

नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिइनुपर्ने माग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिइनुपर्ने माग.

काठमाडौ । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनुपर्ने दाबी गरेको हो । ‘हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको र कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको […]

माओवादी केन्द्रले झापामा पार्टी सुदृढिकरण तथा नवनिर्माण अभियान चलाउने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी केन्द्रले झापामा पार्टी सुदृढिकरण तथा नवनिर्माण अभियान चलाउने.

मेचीनगर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक आज मंगलबार बाहुण्डाँगीमा सम्पन्न भएको छ । बैठकले झापामा जनाधार घट्दै गएको निश्कर्ष निकाल्दै संगठन सुदृढिकरण तथा नवनिर्माण अभियान संचालन गर्ने भएको छ । गत मंसीर ४ गते भएको आम निर्वाचनको वस्तुनिष्ठ समीक्षा गर्दै माओवादी केन्द्र झापाले पार्टीका सबै उम्मेदवारले हार व्यहोरेको कारण […]

सरकारको प्रवक्तामा मन्त्री रेखा शर्मा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको प्रवक्तामा मन्त्री रेखा शर्मा.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । मन्त्री शर्माले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी […]

नयाँ मन्त्रीहरुले राष्ट्रपतिबाट सपथ लिए

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ मन्त्रीहरुले राष्ट्रपतिबाट सपथ लिए.

काठमाडौं । आजै मंगलबार नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् […]