Sajhamanch Archive

विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने.

पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिनेछ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने […]

यती एयर दुर्घटनाः ६२ वटा शव प्राप्त, दुर्घटनाको कारण रहस्यमय

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यती एयर दुर्घटनाः ६२ वटा शव प्राप्त, दुर्घटनाको कारण रहस्यमय.

पोखरा । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । […]

यती एयरकाे जहाज पोखरामा दुर्घटनाग्रस्त

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on यती एयरकाे जहाज पोखरामा दुर्घटनाग्रस्त.

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । कास्कीका प्रहरी प्रमुख एसपी अजय […]

भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौका झापालीको प्रतिबद्धता

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौका झापालीको प्रतिबद्धता.

झापा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंबासी झापालीहरुले […]

आजदेखि कनकाई माईमा सक्रान्ति मेला सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आजदेखि कनकाई माईमा सक्रान्ति मेला सुरु.

सुरुङ्गा । माघे संग्रान्तीको अवसरमा परम्परागत रुपमा बर्सेनी कनकाई माईमा लाग्दै आएको मेला आजबाट सुरु भएको छ ।कनकाई माईको दुवै किनारामा लाग्दै आएको मेला पूर्वीतटमा आज दिउँसो १ बजेदेखि सुरु भएको मेला आयोजक समितिका अध्यक्ष श्याम राईले बताएका छन् । प्रत्येक वर्ष माघे सक्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुवैतर्फ […]

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश.

काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् । ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । […]

‘सहकारी प्रजातन्त्र र समाजवादको पाठशाला’ : सहकारी अभियन्ता बाँस्कोटा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on ‘सहकारी प्रजातन्त्र र समाजवादको पाठशाला’ : सहकारी अभियन्ता बाँस्कोटा.

जिल्ला सहकारी संघ झापाद्वारा आधा दर्जन बढी पुरस्कृत र सम्मानित बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडको २६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी साधारणसभा उद्घाटन गरिएको थियो । साधारणसभा समारोहमा ६५औं राष्ट्रिय सहकारी दिवसमा घोषित सम्मान तथा पुरस्कारहरु हस्तान्तरण गरिएको […]

ढोकामै बुझे मेचीनगर प्रमुख–उपप्रमुखले ६ दलको ज्ञापन पत्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ढोकामै बुझे मेचीनगर प्रमुख–उपप्रमुखले ६ दलको ज्ञापन पत्र.

मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले आज ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]

सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा, भोलि थुनामुक्त हुने

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा, भोलि थुनामुक्त हुने.

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर […]

आयोजनास्थलमा झापा इनर्जीको साधारणसभा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आयोजनास्थलमा झापा इनर्जीको साधारणसभा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज आयोजनास्थलमा सम्पन्न गरिएको छ । १० मेघावाट विद्युत उत्पादन गर्ने सौर्य उर्जा कम्पनी झापा इनर्जीका शेयर सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको वार्षिक साधारणसभाको प्रमुख आतिथ्य संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले गरेका थिए । कम्पनीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य […]