बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण […]
भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका पीडितहरुले न्यायोचित समाधानको बाटो अझै नपाएको गुनासो छ । झापा कारागारको क्षमता ३ सय ५० जना हो, तर अहिले एक […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा […]
काठमाडौँ । मनोज डंगोललाई रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौमा अवार्ड समारोह आयोजना गरिएको थियो । डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन् । उनले बिरिसु मिडिया प्रालिले आयोजना गरेको स्टार […]
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते निर्वाचन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २ गते सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्नसमेत निर्देशन दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक २०७९ माघ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको हो । नेपाली काँग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ्ग निलम्बित छन् भने कांग्रेसका अरु ३ जना सांसद बैठकमा अनुपस्थित भए […]
ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २० वटा किसान समूह र १५ वटा सहकारीसँग आबद्ध […]
झापा । प्रदेश १ को तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार भएको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भेलामा सातवटा एकाई साधारणसभाबाट छानिएर आएका प्रतिनिधिहरुले माइन्युट प्रमाणित गरेका हुन् । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको […]
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश १ का सहइन्चार्ज हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहितको दावी प्रस्तुत गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री भएका छन् । यसअघि नेकपा एमालेका […]