मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिँदैछ । […]
विराटनगर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएको छ । अब नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रहेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरे बमोजिम समय सीमाभित्रै सरकारको […]
बिर्तामोड । झापाको निजी शैक्षिक प्रतिष्ठान मध्येको एउटा अग्रणी र पुरानो गोमेन्द्र बहुमुखी महाविद्यालयले आगामी शैक्षिक सत्रदेखि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र एमसीए–आइटीको कक्षा सञ्चालन गर्ने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी गोमेन्द्रले एमबीए र एमसीए–आइटीको अध्यापनको अनुमति पूर्वाञ्चल विश्वविद्यालयले दिएपछि कार्यक्रम सुरु गर्न लागिएको जनाएको हो । शैक्षिक सत्र २०७९/०८० देखि नै […]
नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम प्रस्तावना प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ मा अभिव्यक्त सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको जनादेशलाई उच्च सम्मान गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय महान् शहीदहरूप्रति श्रद्धासुमन, आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान र बेपत्ता परिवार, घाइते, अपाङ्ग र आन्दोलनमा अमूल्य योगदान दिनुहुने आम जनसमुदायप्रति हार्दिक […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सरकार गठनको अभ्यास नगरेको भन्दै आफूहरूले ‘नजाने गाउँको बाटो’ सोधेर आफ्नो भूमिकामा अलमल नगर्ने बताएका छन् । ‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै हो । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन’ उनले […]
काठमाडौँ । सरकारको हरेक अंग र निकायको आधारभूत उद्देश्य नागरिकको जीवनस्तर उकास्ने नीति, योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने हो । त्यसका निम्ति मुलुकको जनसंख्या प्रमुख आधार मानिन्छ । जनसंख्याको सवालमा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘हामी कहाँ छौं र कता लाग्दै छौं भन्नेमात्र थाहा पायौं भने पनि हामीले के गर्ने र कसरी गर्ने […]
काठमाडौं । सैनिक शासन चलिरहेको म्यानमारको एउटा दैनिक पत्रिकामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा प्रेशित नै नभएको शुभकामना सन्देश प्रकाशित भएको छ । म्यानमारको सरकारपक्षीय दैनिक पत्रिका ‘म्यान्मा अलिनो’ मा बुधबार म्यानमारको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भनेर शुभकामना सन्देश प्रकाशित भएको हो । म्यानमारको सञ्चार मन्त्रालयले प्रकाशित गर्ने ‘म्यान्मा अलिनो’ पत्रिकामा नेपालका राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री […]
काठमाडौं । नेपाल टेलरिङ्ग व्यवसायी महासंघले आयोजना गरेको सीप सम्मेलन कार्यक्रमको दोश्रो दिन आज चन्द्रागिरी नगरपालिका काठमाडौंमा सम्पन्न भएको छ । महासंघले यही २० गतेदेखि बनेपाबाट सुरु गरेको चार दिने सीप सम्मेलन अन्तरगत आज दोश्रो दिनको कार्यक्रम चन्द्रागिरीमा गरेको हो । महासंघका अध्यक्ष गोपाल परियारको सभापित्व तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक सदस्य […]
झापा । सिलाई सीपको विकास र सम्मान गर्दै समृद्द समाजको निर्माण गर्न सकिन्छ भन्ने अभियानका साथ काभ्रेको बनेपामा पुस २० मा सीप सम्मेलन सुरु भएको छ । नेपाल टेलरिङ ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गोपाल परियारको अध्यक्षतामा भएको सीप सम्मेलनको बागमती प्रदेशका मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् । पुस २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने […]
झापा । वित्तीय व्यवसायलाई सरलीकृत गर्ने सफ्टवेयर उत्पादनमा आफ्नो बेग्लै पहिचान बनाएको प्रथम आइटी सिस्टम प्रालिले आज कर्मचारी तथा बिजनेश पार्टनरहरुलाई पुरस्कृत गर्दै दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लुमा मुख्य कार्यालय रहेर बिर्तामोड, चितवन, इटहरी र फिदिममा शाखा सञ्चालन गरिरहेको प्रथम आइटीको साधारणसभा बिर्तामोडमा गरिएको हो । कम्पनीका […]