Sajhamanch Archive

मुख्यमन्त्रीमा को–कसको सम्भावना, यस्तो छ सत्तारुढ गठबन्धनको अवस्था

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मुख्यमन्त्रीमा को–कसको सम्भावना, यस्तो छ सत्तारुढ गठबन्धनको अवस्था.

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । यद्यपि प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ । माओवादीको प्रदेश […]

डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता बन्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता बन्दै.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । डा. पोखरेलले यसअघि […]

गैंडे सामुदायिक वनले सदस्यको शव जलाउन निःशुल्क दाउरा दिने

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on गैंडे सामुदायिक वनले सदस्यको शव जलाउन निःशुल्क दाउरा दिने.

शिवसताक्षी । झापा र इलाममा जोडिएको गैंडे सामुदायिक वन उपभोक्ता समूहको २६औ वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष नरबहादुर थपलियाको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष थपलियाले वन समूहका सदस्य परिवारलाई शव जलाउन निःशुल्क दाउरा प्रदान गर्ने कार्यक्रम सुनाएका छन् । गरिव परिवारका लागि बीमा कार्यक्रम, गम्भिर प्रकृतिका रोगीहरुका लागि आर्थिक सहयोगदेखि खोलामा […]

प्रचण्ड मन्त्रिमण्डल ८ सदस्यीय, तीनजना उपप्रधानमन्त्री

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड मन्त्रिमण्डल ८ सदस्यीय, तीनजना उपप्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् […]

बंगालादेशका लागि काँकरभिट्टाबाट खेलाडी विदाई

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बंगालादेशका लागि काँकरभिट्टाबाट खेलाडी विदाई.

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, विभिन्न संघसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले नेपाली राष्ट्रिय कराते खेलाडीलाई […]

एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्‍ने, एमालेबाट ४ जना मन्त्री बन्दै, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्‍ने, एमालेबाट ४ जना मन्त्री बन्दै, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने.

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो […]

नयाँ सत्ता गठबन्धनको बैठक जारी, पहिलो चरणका मन्त्रीहरुको नाम टुङ्ग्याइने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नयाँ सत्ता गठबन्धनको बैठक जारी, पहिलो चरणका मन्त्रीहरुको नाम टुङ्ग्याइने.

काठमाडौँ । नेकपा एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धनको बैठक संसद भवनमा जारी छ । केहीबेरअघि सुरु भएको बैठकमा दलहरुबीच मन्‍त्रालय बाँडफाँडका विषयमा छलफल भइरहेको जनाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने भएकाले मन्त्रीको भागबण्डा सम्बन्धी बैठकमा सहभागी नभई निस्केको जनाएका छन् […]

नारायणकाजी उपप्रधानमन्त्री ! रास्वपा र जनमतका नेता मन्त्री बन्ने, राप्रपा सरकारमा नजाने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नारायणकाजी उपप्रधानमन्त्री ! रास्वपा र जनमतका नेता मन्त्री बन्ने, राप्रपा सरकारमा नजाने.

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट […]

‘मिस तामाङ वल्र्ड २०२२’ को तयारी तीब्र, फारम भर्ने म्याद पुष १५ सम्म

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘मिस तामाङ वल्र्ड २०२२’ को तयारी तीब्र, फारम भर्ने म्याद पुष १५ सम्म.

झापा । ‘मिस तामाङ वल्र्ड २०२२’ का लागि तयारी तीब्र पारिएको छ । मिस तामाङ फाउण्डेशनले आयोजना गर्दै आएको ‘मिस तामाङ वल्र्ड’ को २०२२ संस्करणको तयारी तीब्र परिएको हो । फाउण्डेशनले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको गरी ‘मिस तामाङ वल्र्ड २०२२’को तयारीका बारेमा जानकारी गराएको हो । फाउण्डेशनले ‘मिस तामाङ वल्र्ड २०२२’ को ग्रान्ड फिनाले […]

नारायणघाट–बुटवल सडक खण्ड निर्माण मजदूरहरुले तलब पाएनन्, रोड प्रोजेक्ट कार्यालयमा धर्ना (भिडियोसहित)

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नारायणघाट–बुटवल सडक खण्ड निर्माण मजदूरहरुले तलब पाएनन्, रोड प्रोजेक्ट कार्यालयमा धर्ना (भिडियोसहित).

देवचुली । नेपालको लाइफलाइन मानिएको पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटवल सडक खण्ड निर्माण केही दिनदेखि रोकिएको छ । करिब तीन महिनादेखि निर्माण कम्पनीले मजदूर र कामदारहरुलाई तलब नदिएको भनी मजदूरले रोड प्रोजेक्टमा धर्ना दिएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले उक्त सडक खण्डको निर्माण ठेक्का पाएको हो । प्रस्तुत भिडियो र दृश्य कभर गर्दा […]