Sajhamanch Archive

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश.

काठमाडौ । निर्वाचन आयोग नेपालले २०७९ मङ्सीर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि […]

कर्णाली साकोसः एकाइगत साधारणसभा धमाधम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसः एकाइगत साधारणसभा धमाधम.

कनकाई । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का तीनवटा जिल्लालाई कायक्षेत्र बनाएको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं साधारणसभा अन्तरगत एकाईस्तरको साधारणसभा जारी राखेको छ । सहकारी विभागले निर्धारण गरी लागू भएको साधारणसभा सम्बन्धी नीतिअनुसार कर्णाली साकोसले मंसीर २१ गतेदेखि कार्यक्षेत्रका ७ स्थानमा एकाईस्तरको साधारणसभा गरिरहेको हो । संस्थाले मंसीर २१ […]

सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगर्ने ब्यापारी अनुसन्धान दायरा रहने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगर्ने ब्यापारी अनुसन्धान दायरा रहने.

झापा । सरकारले धानको समर्थन मूल्य तोकेपनि झापाका किसानको धान सरकारी निकाय तथा धान ब्यापारी समेतले उक्त मूल्यमा खरिद गर्न आनकान गरेपछि आन्दोलनमा उत्रेका किसानसँग जिल्ला समन्वय समिति झापाको अग्रसरतामा आज छलफल भएको छ । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानले माग सुनवाइका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको गोदामहरुमा तालाबन्दी […]

किसानको धान नकिन्ने भए खाद्य गोदाम किन चाहियो भन्दै गेटमै तालाबन्दी (भिडियोसहित)

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on किसानको धान नकिन्ने भए खाद्य गोदाम किन चाहियो भन्दै गेटमै तालाबन्दी (भिडियोसहित).

झापा । सरकारले धानको समर्थन मूल्य तोके पनि सरकारी निकाय न त धान ब्यापारी कसैले उक्त मूल्यमा खरिद नगरेपछि देशभरका किसान आन्दोलनमा छन् । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानहरुले आज खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको गोदामहरुमा तालाबन्दी गरेका हुन् । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघको संयुक्त […]

हरियो चियापत्तिको गुणस्तर वृद्धि गर्न जोड

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हरियो चियापत्तिको गुणस्तर वृद्धि गर्न जोड.

बिर्तामोड । हरियो चियापत्तिको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाले आग्रह गरेका छन् । विश्व बजारमा चियाको भविष्य राम्रो रहेको भन्दै उनीहरुले उत्पादनसँगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गरेका हुन् । सरोकारवालाले हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । समयमै आवश्यक मलखाद र सिंचाईको प्रबन्ध गरेको खण्डमा […]

मालिका केसरीलाई उत्तम शान्ति पुरस्कार

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on मालिका केसरीलाई उत्तम शान्ति पुरस्कार.

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। दुई लाख रुपैयाँ नगद र सम्मान पत्रसहितको सो पुरस्कार […]

समानुपातिक सांसदको नामावली सच्याउन सोमबारसम्मको समय : निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on समानुपातिक सांसदको नामावली सच्याउन सोमबारसम्मको समय : निर्वाचन आयोग.

काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट […]

किरात सिरिजङ्गा लिम्बूका मात्रै नभएर देशकै निधि हुन् : प्रदेश प्रमुख खापुङ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on किरात सिरिजङ्गा लिम्बूका मात्रै नभएर देशकै निधि हुन् : प्रदेश प्रमुख खापुङ.

उर्लाबारी । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताएका छन् । किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा उर्लाबारी ९ मोरङमा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ती तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रदेश प्रमुख खापुङले […]

राप्रपाबाट को को भए प्रतिनिधि सभामा समानुपातिक सांसद

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राप्रपाबाट को को भए प्रतिनिधि सभामा समानुपातिक सांसद.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खसआर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना […]

उपेक्षित तथा उष्णप्रदेशीय रोग भएका व्यक्तिको स्वास्थ्य सुधार गर्दै विश्वास परियोजना

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on उपेक्षित तथा उष्णप्रदेशीय रोग भएका व्यक्तिको स्वास्थ्य सुधार गर्दै विश्वास परियोजना.

बिर्तामोड । झापा र मोरङमा उपेक्षित तथा उष्णप्रदेशीय रोग मातृशिशु स्याहार र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुधार गर्न सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै आएको छ । परियोजना अन्तरगत नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशिक १० वटा रोगबाट समुदायको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम गरिँदै आएको हो । सहारा नेपालको आयोजना र फेयरमेड फाउण्डेशनको […]