काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । आदिवासी जनजातितर्फः (पुरुष) देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र (महिला) नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती […]
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकार निवासमा जारी पदाधिकारी बैठकले प्रतिनिधिसभा तर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिएका छन् । ती पदाधिकारीका अनुसार समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक तर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ । शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । जस अनुसार दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार […]
काठमाडौं । समानुपातिक सांसद चयन गर्न नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाले शनिबार बैठक बोलाएका छन् । एमालेको केन्द्रीय सचिवालय, कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, जसपाको केन्द्रीय कार्यकारिणी समिति र रास्वपोको बैठक शनिबार बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । […]
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश दिएको […]
काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर […]
ताप्लेजुङबाट दोस्रोपल्ट प्रतिनिधिसभा सदस्य चुनिँदा नेकपा एमालेका सचिव योगेश भट्टराईका लागि सत्ता गठबन्धन छिचोल्न निकै कठिन पर्यो । चुनाव सकिएसँगै राजधानी फर्केका भट्टराईलाई अनलाइनखबरले समग्र चुनावी विश्लेषण गर्न आग्रह गर्यो । उनले स्वतन्त्र पार्टीको उदय, कांग्रेस एमाले माओवादीको समग्र प्रदर्शन, मधेसमा उदाउँदै गरेको नयाँ स्थिति, कांग्रेसबाट गगन थापाको दाबेदारी, घनश्याम भुसालको पछिल्लो कदम लगायत विषयमा […]
बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसको एकाइगत साधारणसभा अन्तरगत आज बिहीबार चारपाने, बिर्ताबजार, बिर्तामोड र बुधबारे सेवा केन्द्रका सदस्यहरुबीच छलफल गरिएको छ । यस्तै लघुवित्त तर्फका ११ वटा सेवा केन्द्रहरुमा पनि आज नै उपएकाईगत साधारणसभा गरिएको छ । सोहीक्रममा बिर्ताबजार सेवाकेन्द्र र गोलधाप सेवाकेन्द्रको संयुक्त उपएकाईगत साधारणसभा बिर्ताबजारमा गरिएको छ […]
बिर्तामोड । बिर्तामोडमा आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान अन्तरगत आज बिर्तामोडमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापासिहत महिलाले नेतृत्व गरेका विभिन्न ३२ बढी संस्थाहरूले हिंसा, बेचबिखन तथा मानव ओसारपसार बिरूद्व चार दशकदेखि आवाज उठाउँदै आएकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई सम्मान गरिएको हो । […]
विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागेका छन् । स्थानीय समस्याबारे जानकार पोखरेल निर्वाचित भए लगत्तै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागिपरेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्गत रंगेलीदेखि रतुमाईको चौकीघाटसम्मको सडक चाँडै निर्माण सम्पन्न गराउन पहल गरेको […]