भद्रपुर । झापामा प्रारम्भिक विवरण अनुसार ६० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान ५ बजेसम्म सञ्चालन हुँदा ६० प्रतिशत हाराहारी मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कूल मतदाताको करिब ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक रहेको जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले जानकारी दिए । […]
पाँचथरमा ११५ वर्षकी मनरानीले गरिन् मतदान पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ निवासी ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी छन् । उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्म मिति १९६४ साल जेठ ११ गते उल्लेख छ । रामेछापमा भोट खसालेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु रामेछापको लिखु […]
काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर एकसाथ बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणहरुप्रति आपत्ति जनाएको छ । निर्वाचनलाई प्रभावित तुल्याउने र बदनियतका साथ हचुवा र प्रायोजित ढंगले मत सर्वेक्षण भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई आचारसंहिता विपरीत भएको पनि बताएका छन् । आज शनिबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट […]
भोलि मंसिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै […]
सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान […]
विर्तामोड । बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ । बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आफ्नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको घोषणा गर्दै चार जनासम्मको परिवारले ६ हजार रुपैयाँ प्रिमियम भुक्तानी […]
काठमाडौं । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एक दिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जीत हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा गत सोमबार सम्पन्न शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले दिएको थियो । घरेलु मैदानमा […]
काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ । कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता पछि […]
झापा । पर्सि मंसीर ४ गतेका लागि निर्धारित आम चुनावका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यसै विषयमा आज संवाद समूहको ब्यानरमा नेपाल पत्रकार महासंघ झापा शाखाले एक घण्टाको अन्तरसम्वाद सम्पन्न गरेको छ । मौन अवधि र मतदान अवधिमा मिडियाको भूमिका विषयक अन्तरसम्वादमा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला […]