Sajhamanch Archive

कांग्रेसले पराजित मनस्थितिका कारण राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको छ : एमाले झापा १

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कांग्रेसले पराजित मनस्थितिका कारण राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको छ : एमाले झापा १.

मेचीनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले पत्रकार सम्मेलन गरी आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको हो । […]

आचारसंहिता उल्लंघनः राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौला झापा आएर विश्वप्रकाशलाई भोट माग्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आचारसंहिता उल्लंघनः राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौला झापा आएर विश्वप्रकाशलाई भोट माग्दै.

झापा । निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले झापा पुगेर नेपाली कांग्रेसका उम्मेद्वारको पक्षमा भोट मागेका छन् । आयोगका अध्यक्ष निरौलाले यही कार्तिक २१ गते सोमवार झापाको मेचीनगरमा सुकुम्बासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्माको पक्षमा भोट मागेका […]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई २६४ रनको लक्ष्य

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई २६४ रनको लक्ष्य.

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सू भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको हो । युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ […]

देउवा र प्रचण्ड नै प्रतिगमनकारी : एमाले अध्यक्ष ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देउवा र प्रचण्ड नै प्रतिगमनकारी : एमाले अध्यक्ष ओली.

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै प्रतिगमनकारी भएको प्रत्यारोप गरेका छन् । आज आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिगमन कस्तो हुन्छ देउवा-प्रचण्ड जी ? संसदमा सरकार बनाउने र फेर्ने कुरा अदालतमा गएर बनाएको जस्तै हुन्छ ?’ […]

एनसिई नेपाल प्रदेश १ को संयोजकमा झापाका ओली सर्वसम्मत

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on एनसिई नेपाल प्रदेश १ को संयोजकमा झापाका ओली सर्वसम्मत.

झापा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) प्रदेश नम्बर १ को संयोजकमा झापाका निवर्तमान अध्यक्ष मोहनप्रसाद ओली सर्वसम्मत चयन भएका छन् । झापाको दमकमा शनिबार सम्पन्न प्रदेशस्तरीय भेलाबाट नयाँ नेतृत्व चयन गरिएको हो । एनसिई प्रदेश १ को सहसंयोजकमा मोरङका विनोद भण्डारी, सचिवमा मोरङकै पर्शुराम निरौला, कोषाध्यक्ष झापाका पुनम सुवेदी पोख्रेल सर्वसम्मत चयन भएका […]

राजेन्द्र लिङ्देनलाई भोट माग्न, अभिनेत्री मनिषा कोइराला झापा आउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on राजेन्द्र लिङ्देनलाई भोट माग्न, अभिनेत्री मनिषा कोइराला झापा आउँदै.

झापा। अभिनेत्री मनिषा कोइराला निर्वाचन क्षेत्र नं. ३ का मतदाता समक्ष राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई मतदानको अपील गर्न झापा आउने भएकी छन्। लिङ्देनको चुनावी क्षेत्र झापा क्षेत्र नं ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते आयोजना गरिएको बृहत चुनावी आमसभालाई अभिनेत्री कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । दोस्रो पटक […]

प्याड किन्न पन्ध्र सय दिने एमालेको घोषणाले महिलामा खुशी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्याड किन्न पन्ध्र सय दिने एमालेको घोषणाले महिलामा खुशी.

झापा । नेकपा एमालेले महिनावारी भएका सबै महिलालाई सेनिटरी प्याडका लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणाले ग्रामीण महिलाहरु खुशी भएका छन् । हालै एमालेले घोषणा पत्रमा सार्वजनिक गरेको धेरै लोकप्रिय कार्यक्रममध्ये एक वर्षमा हरेक महिनावारी भएका महिलालाई पन्ध्र सय रुपैयाँ दिने उल्लेख गरिएको छ । यसले स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयनको […]

बालबालिका तथा विद्यार्थीलाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्न जिल्ला बाल सञ्जाल झापाको अपील

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on बालबालिका तथा विद्यार्थीलाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्न जिल्ला बाल सञ्जाल झापाको अपील.

बिर्तामोड । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जाल झापाले अपील गरेको छ । निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जालले आज शनिबार लिखित अपीलमार्फत आग्रह गरेको हो । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न […]

झापा–१ : एमाले–राप्रपा तालमेलका उम्मेदवारहरु खरेल, कोइराला र बजगाईं सेफ जोनमा !

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on झापा–१ : एमाले–राप्रपा तालमेलका उम्मेदवारहरु खरेल, कोइराला र बजगाईं सेफ जोनमा !.

झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नं. १ लाई हेरिएको छ । झापा–१ मा तेस्रोपटक उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानून ज्ञाताको छबि बनाएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता र प्रतिकूलताको लेखाजोखा र जोड घटाउको हिसाब किताब हुन थालेको छ । अग्नि खरेल […]

मदरसा र मस्जिद संरक्षण तथा स्तरोन्नति एमालेको प्राथमकितामा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मदरसा र मस्जिद संरक्षण तथा स्तरोन्नति एमालेको प्राथमकितामा.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेका मदरसाहरुको स्तरोन्नतिमा निरन्तर लागिपर्ने नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आश्वासन दिएका छन् । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले एमालेको सरकार आए यो क्षेत्रका सम्पूर्ण समस्याको समाधान गरिनेसमेत प्रतिवद्वता जाहेर गरे । नेकपा एमालेका […]