Sajhamanch Archive

नेशनल भेट्रान चेस च्याम्पियनशीपमा शिर्ष खेलाडीको शुरुवाती अग्रता

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेशनल भेट्रान चेस च्याम्पियनशीपमा शिर्ष खेलाडीको शुरुवाती अग्रता.

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन आज शनिबार दुई चरणका खेल सम्पन्न भएका छन् । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुई–दुई अंकका साथ […]

‘निर्वाचनका लागि प्रदेश १ मा सुरक्षा संयन्त्र मजवुत बनाइँदै’ : मन्त्री कार्की

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘निर्वाचनका लागि प्रदेश १ मा सुरक्षा संयन्त्र मजवुत बनाइँदै’ : मन्त्री कार्की.

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने बताएका छन् । आज शनिबार विराटनगरमा गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त आयोजनामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । निर्वाचनमा हुनसक्ने सम्पूर्ण जोखिम तथा चुनौतीहरूलाई अध्ययन गरेर भयरहित […]

आसन्न निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आसन्न निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न.

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कूल आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको हो । […]

‘आफ्नो क्षेत्रको विकास गर्न मतदाताले एमालेलाई रोज्नुपर्छ’ : देवराज घिमिरे

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘आफ्नो क्षेत्रको विकास गर्न मतदाताले एमालेलाई रोज्नुपर्छ’ : देवराज घिमिरे.

झापा । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको जिकिर गरेका छन् । निर्वाचन प्रचार अभियानकै क्रममा आज पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिँदै घिमिरेले पदको लोभमा अरु पार्टी चहार्दै हिड्ने व्यक्ति आफ्नो प्रतिस्पर्धी हुन नसक्ने तर्क गरेका हुन् । नेकपा एमाले स्थायी कमिटीको सदस्य तथा प्रदेश […]

‘मुलुक बचाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्नुपर्छ’ : राप्रपा उम्मेदवार बजगाईं

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘मुलुक बचाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्नुपर्छ’ : राप्रपा उम्मेदवार बजगाईं.

झापा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा नेकपा एमालेले राप्रपालाई समर्थन गरेको छ । राप्रपा र एमालेको साझा उम्मेदवारको रुपमा रहेकी राप्रपा नेतृ सबिना कट्टेल बजगाईंसँग पत्रकार प्रकाश पौडेलले गरेको निर्वाचन केन्द्रित कुराकानी प्रस्तुत छ । तपाईको चुनावी प्रचार अभियान कसरी अगाडि बढिरहेको छ ? हामी संयुक्त चुनावी अभियानमा छौँ । ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा […]

कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल, माओवादीको चिह्नमा उम्मेदवार बनेका रानाको जमानत जोगिएला !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल, माओवादीको चिह्नमा उम्मेदवार बनेका रानाको जमानत जोगिएला !.

झापा । माओवादी पार्टीको खासै जनमत नभएर नेपाली कांग्रेसको मतले निर्वाचन जित्ने भर परेका झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार रानाले सोचेजस्तो सहयोग नपाउने अवस्था रहेको प्रतिदिनमा खबर छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसभित्रको अन्तरविरोधसँगै कांग्रेसले टिकट नपाउँदाको असन्तुष्टिका कारण माओवादीका उम्मेदवार रानाले अपेक्षा गरेको सहयोग नपाउने भएका हुन् । चुनावी […]

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को घोषणा पत्र (पूर्णपाठ)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को घोषणा पत्र (पूर्णपाठ).

समृद्ध नेपाल, सुखी नेपाली ll सुशासन, विकास, समृद्धि र समानता ll पाँच वर्ष : एमालेले गर्छ ! प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को घोषणा पत्र   खण्ड- क अध्यक्षको अपिल आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका अवसरमा नेकपा (एमाले) यहाँहरूलाई हार्दिक अभिवादन […]

एमालेको नेतृत्वमा बहुमतको सरकारभन्दा दायाँबायाँ सोचेकै छैनौं : अग्नि खरेल

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेको नेतृत्वमा बहुमतको सरकारभन्दा दायाँबायाँ सोचेकै छैनौं : अग्नि खरेल.

कम्युनिस्ट किल्लाको रुपमा परिचित झापा–१ मा यसपटक राष्ट्रिय राजनीतिका प्रभावशाली राजनीतिज्ञ, संविधान र दर्जनौं कानूनका मस्यौदाकार, शालीन, बौद्धिक, विकासप्रेमी एवम् लोकप्रिय व्यक्तित्व नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिनिधिसभाको साझा उम्मेद्वार हुनुहुन्छ । चुनावी सेरोफेरोमा उहाँसँग पत्रकार अम्बिका भण्डारीले लिएको अन्तरवार्ता प्रस्तुत छ– मतदातासँग कस्तो प्रतिवद्धता लिएर जाँदै हुनुहन्छ ? स्थानीय आवश्यकता र समस्यामा […]

अर्जुनधारा १० को टोलटोलमा देवराज र चिन्तन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा १० को टोलटोलमा देवराज र चिन्तन.

अर्जुनधारा । बसोबासमा देखिएका समस्या, गरिबी उन्मुलन तथा भूमि सम्बन्धी समस्याको समाधानमा आफ्नो पार्टी सदैब लाग्ने नेकपा एमाले स्थायी कमिटीका सदस्य देवराज घिमिरेले बताएका छन् । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घिमिरेले आज अर्जुनधारा नगरपालिका वडा नं. १० मा आयोजित चुनावी घरदैलो कार्यक्रममा उक्त धारणा राखेका हुन् । पछिल्लो […]

मंसिर ४ को निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मंसिर ४ को निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्याएका छन् । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले उक्त दावी गरेका हुन् । अध्यक्ष ओलीले अहिले १५० सिट जित्ने गरी एमाले चुनावी अभियानमा होमिएको बताए । उनले भने, ‘बहुमत […]