काठमाडौँ। निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूको नाम सार्वजानिक गरेको छ। उमेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने ति उम्मेदवारलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० र प्रदेशसभा […]
काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह […]
काठमाडौं । गत बर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यसबर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । यसबर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । महाशाखाका किटजन्य रोग […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले […]
कपिलवस्तु। कपिलवस्तुमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान थालिएको छ। विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाइन काट्ने अभियान चलाएको हो। ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल नबुझाउनेको लाइन काटिएको हो। पटकपटक सूचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाइ नभएपछि आफूहरूले लाइन काट्ने […]
काठमाडौं । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै […]
इलाम। बाक्लो हुस्सु लागेर चिसोले मुटु चसस्क पार्दा होस् या चर्किंदो गर्मीमा पसिनाले शरीर लपक्कै भिज्दा, तराईका बासिन्दाको आराम खोज्ने ठाउँ प्रायः पहाड नै हुन्छ। गर्मी बढेसँगै चिसो कन्याममा ओइरिएको हुलले पनि यही वास्तविकता झल्काइरहेको छ। जाडो याममा तराईमा अधिक चिसो हुँदा इलामका डाँडाकाँडा तुलनात्मक रूपमा न्यानो लाग्छन्। गर्मीमा त इलामका हरियाली र चिसोपानी झनै […]
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । ३ वैशाखसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । सोमबार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । त्यस क्रममा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक […]
काठमाडौं । आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले तीन वटा जहाज किन्ने भएको छ । जहाज खरीदको प्रयोजनका लागि निगम व्यवस्थापनले एक उपसमिति गठन गरी अध्ययन गरेको थियो । सो समितिले आफ्नो प्रतिवेदन निगम सञ्चालक समितिमा पेश गरेको थियो । त्यसपछि सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरी जहाज खरीद […]
काठमाडौँ। सिंहदरबारको फोहोर नउठाएको विषयमा सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट दायर भएको छ। सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर रिट हालेको अधिवक्ता श्रेष्ठले जानकारी दिए। उनले आफ्नो क्षेत्रभित्र फोहोर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन्। […]