Sajhamanch Archive

परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद नियुक्त हुँदै, आज ३ बजे शपथ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद नियुक्त हुँदै, आज ३ बजे शपथ.

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । आज आइतबार दिउँसो ३ बजे उनले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न […]

भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, समाज by . Leave a Comment on भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए.

प्रयागराज (भारत) । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा […]

पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन.

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ। निगमले २०७२ सालदेखि २०७९ को चैत १५ गतेसम्मको अवधिमा एक खर्ब ९ अर्ब ४५ करोड रूपैयाँ पेट्रोलियम पदार्थबाट पूर्वाधार कर संकलन गरेको छ। नेपाल आयल […]

सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराईबाट

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराईबाट.

काठमाडौ। कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले निकालेको छ। शनिवार अन्दाजी २०० मिटर गहिराईबाट निकालेको सशस्त्रप्रहरीले बताएको छ। पोखरा महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन। खबर पाए लगतै सशस्त्र प्रहरी बल […]

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु.

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा […]

शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन.

काठमाडौँ। शताब्दी पुरुष स्व। सत्यमोहन जोशी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सय वर्षीया राधादेवीको स्वास्थ्यमा समस्या आएपछि दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो। उनका पति शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको […]

आज मधेशमा जुडशीतल मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on आज मधेशमा जुडशीतल मनाइँदै.

जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ ।वर्षभरि शीतलता, सुख, समृद्धि, […]

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीसहित वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीसहित वर्षाको सम्भावना.

काठमाडौँ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना […]

नेपाली राष्ट्रिय झण्डा महोत्सव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली राष्ट्रिय झण्डा महोत्सव.

काठमाडौँ। राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ। विभिन्न सङ्घ/संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह् ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्व दर्शाउने उद्देश्यले आज बताए। उनले भने , ‘पछिल्लो समयमा नागरिकमा राष्ट्रियताको भावनाको कमी हुँदै […]

थप १३६ जनामा कोरोना संक्रमण, ४०१ पुग्‍यो संक्रिय संक्रमित

Published: in मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on थप १३६ जनामा कोरोना संक्रमण, ४०१ पुग्‍यो संक्रिय संक्रमित.

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संख्या ४०१ पुग्‍यो भने ३२ जना संस्थागत आइशोलेशनमा, […]