नेपालगञ्ज । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजबाट नेपालगञ्जमा सुरु हुँदैछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो महाधिवेशनको समुद्घाटन गर्ने कार्यसूचि रहेको छ । महाधिवेसन उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिएका छन् । आज २७ गतेदेखि पर्सी […]
कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको हो। हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन्। हुलाकी सडकको किनारै […]
जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी […]
विराटनगर । प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्। प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले आइतबार प्रदेश सभा सचिवालयमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई कोशी प्रदेश नाम खारेज गर्न अल्टिमेटम पत्र बुझाएका हुन्। प्रदेशसभा सचिवालयमा आन्दोलनरत प्रदेश १ पुनः नामाकरण संघर्ष […]
बारा । सांसद् ढाकाकुमार श्रेष्ठलाई अडियो प्रकरणमा दोषी देखिए ७२ घण्टाभित्र कारबाही गरिसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । बाराको गढीमाईमा आयोजित एक सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘दोषी देखिए ७० घण्टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्नुहुनेछ ।’ उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवादको […]
काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ । काठमाडौं […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा […]
जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका(६ खामगडाका ५५ वषर्ीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका(७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका […]
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ। सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए। नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी सङ्घीय चुनावमा दाङ–१ बाट उम्मेदवार बनेका थिए। नागरिक […]
काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयको उपसचिव दिलकुमार […]