Sajhamanch Archive

उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने.

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु […]

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित.

काठमाडौं । सन् २०२४ को पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा भियतनामले सहज जित निकालेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गर्यो । भियतनामले ४ गोल पहिलो हाफमा नै गरेको थियो । दोस्रो हाफमा भियतनामले एक गोल थप्दा नेपालले एक सान्त्वना गोल गर्यो । नेपालका लागि एक […]

राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली.

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन् । अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए । “राष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ”, पूर्वप्रधानमन्त्री […]

इम्बोस्डमा प्रदेशको नाम नेपालीमै लेख्ने तयारी, अरु विवरण अंग्रेजीमै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on इम्बोस्डमा प्रदेशको नाम नेपालीमै लेख्ने तयारी, अरु विवरण अंग्रेजीमै.

काठमाडौं । सरकारको योजना पुरा भए अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरि लिपि देखिने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्दै इम्बोस्ड नम्बर प्लेटमा अग्रेजी वा देवनागरि अंकरअक्षर वा दुवै लेख्न सकिने व्यवस्था गरेको छ । अहिलेसम्म इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी र अंक मात्रै […]

ओडीआई वरीयतामा नेदरल्याण्ड्सलाई पछि पार्दै नेपाल १४औं स्थानमा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ओडीआई वरीयतामा नेदरल्याण्ड्सलाई पछि पार्दै नेपाल १४औं स्थानमा.

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले बुधबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लेको छ । आईसीसीको १२ फुल मेम्बरपछि नेपाल एसोसिएट […]

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन.

काठमाडौं । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो । ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा […]

लामिछानेविरुद्ध राहदानी विवादमा सर्वोच्चले माग्यो मुद्धा नचलाउनुको कारण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on लामिछानेविरुद्ध राहदानी विवादमा सर्वोच्चले माग्यो मुद्धा नचलाउनुको कारण.

काठमाडौं । सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ । बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अब अदालतले तोकेको समयभित्र महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्नुपर्नेछ । […]

हिमपहिरोमा परेर सिक्किममा ३ जना नेपालीको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on हिमपहिरोमा परेर सिक्किममा ३ जना नेपालीको मृत्यु.

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । स्थानीय समय […]

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ.

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले […]

चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु, २५ गतेभित्र प्रकाशन सकिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु, २५ गतेभित्र प्रकाशन सकिने.

काठमाडौं । आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री गर्ने भएको छ । यसअघि चैत १५ देखि बिक्री गर्ने भनिए पनि कुनै कक्षाको पुस्तक सेट पूरा हुन बाँकी भएकोले नौ दिन पछि सार्नुपरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । […]