Sajhamanch Archive

कोशी नामकरणको विपक्षमा विप्लव

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी नामकरणको विपक्षमा विप्लव.

काठमाडौं २१ चैत । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् । जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामकरण गर्नुपर्ने उनको जिकिर छ । मंगलबार काठमाडौंमा श्रमिक समुदाय मोर्चा, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव […]

घट्यो पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घट्यो पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य.

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०–१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिएका छन् । सोमबार बसेको बोर्ड बैठकले डिजेल, मट्टीतेल र दुवै प्रकारका हवाई […]

उपनिर्वाचनमा यी हुन् राप्रपाका तीन उम्मेदवार

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपनिर्वाचनमा यी हुन् राप्रपाका तीन उम्मेदवार.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरेको छ । आज आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

कोशी प्रदेशमा माओवादी केन्द्रको अस्थिर चरित्रः प्रदेश नामाकरणको पक्षमा मतदान, अहिले आन्दोलनमा ऐक्यबद्धता

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on कोशी प्रदेशमा माओवादी केन्द्रको अस्थिर चरित्रः प्रदेश नामाकरणको पक्षमा मतदान, अहिले आन्दोलनमा ऐक्यबद्धता.

विराटनगर । तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ । गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध […]

प्रचण्ड मन्त्रिपरिषद् सातौं पटक पुनर्गठन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड मन्त्रिपरिषद् सातौं पटक पुनर्गठन.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएका उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण […]

गठबन्धन सरकारले टुङ्ग्यायो मन्त्रालयः कुन पार्टीले कुन कुन मन्त्रालय पाउँछन् ?

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गठबन्धन सरकारले टुङ्ग्यायो मन्त्रालयः कुन पार्टीले कुन कुन मन्त्रालय पाउँछन् ?.

काठमाडौँ । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको बैठकमा सहभागी एक नेताले बताएका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ […]

आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर १२३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त […]

स्वर्णिम वाग्लेले कांग्रेस छाडे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on स्वर्णिम वाग्लेले कांग्रेस छाडे.

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् । ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता […]

के च्याट जीपीटीले तपाईंको जागिर खोस्दैछ ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, , by . Leave a Comment on के च्याट जीपीटीले तपाईंको जागिर खोस्दैछ ?.

च्याट जीपीटीको उत्तर छः ‘च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन ।’ विज्ञ भन्छन्ः ‘एआईको सहयोगले आर्थिक फाइदालाई बढाउन र नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नीति निर्माताहरूले समाजका सबै पक्षको हितमा काम गर्नुपर्ने देखिन्छ ।’ काठमाडौँ । […]

स्मार्टफोन प्रयोगकर्ताले गर्नै नहुने गल्तीहरु यस्ता छन्

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on स्मार्टफोन प्रयोगकर्ताले गर्नै नहुने गल्तीहरु यस्ता छन्.

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं । मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा उत्पादनशील कामहरुका गर्नका लागि समेत हामीले स्मार्टफोन प्रयोग गर्दछौँ । तर स्मार्टफोन प्रयोग गरिरहँदा यस्ता धेरै कुराहरुमा हामीले ध्यान पुर्याउनुपर्ने […]